logo
२०८१ माघ ९ बुधवार



बाँके र बर्दियामा पूर्णरूपमा लागू ! जुवातास खेल्ने पक्राउ

खुला |


बाँके र बर्दियामा पूर्णरूपमा लागू ! जुवातास खेल्ने पक्राउ


धम्बोझी, चैत्र १५ गते । बाँके र बर्दियामा लकडाउन पूर्णरूपमा लागू भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिँडडुलमा रोक लगाएको छ । बाँकेकमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यकबाहेक कसैलाई बाहिर निस्कन नदिइएको बताउनुभयो भने बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले कोरोना महामारीबाट सबैलाई सुरक्षित रहन निरन्तर आग्रह गरिएको जनाउनुभयो ।

जुवातास खेल्ने पक्राउ

गएराति बर्दियाको गुलरियानगरपालिका वडा नंं ५ सुहेलवामा हाल विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण लकडाउन भएको समयमा जुवातास खेल्ने पक्राउ परेका छन् । गुलरिया नगरपालिका–५ स्थित खेतबारीको स्थान बसी जुवातास खेलिरहेको अवस्थामा उक्त स्थानमा खटिएको प्रहरी टोलीले फेला पारी नगदसहित १० जनालाई पक्राउ गरेको बर्दियाका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?