बेलिना थापा
लमजुङ, चैत १५ गते । लमजुङको दुई अस्पतालमा ज्वरो मापन केन्द्र (फिबर क्लिनिक) सञ्चालन गरिएको छ । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको हो ।
नोवेल कोरोना भाइरस संक्रमण सम्भावितको चेकजाँच तथा उपचारका लागि फिबर क्लिनिक सञ्चालन गरिएको हो । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सोमबारबाट अस्पतालको टिकट काउण्टर अगाडि टेन्ट हालेर फिबर क्लिनिक सञ्चालन गरिएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुुसार ज्वरो, रुघाखोकी समस्या भएकालाई छुट्टै उपचारका लागि क्लिनिक सञ्चालन गरिएको हो । क्लिनिकमा चिकित्सकले विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा दिने छ । शुक्रबार भने ९ बजेदेखि २ बजेसम्म मात्र सेवा दिइने छ । सम्बन्धीत विरामीलाई क्लिनिकबाट सेवा दिइने छ । इमरजन्सी सेवाका लागि इमरजन्सी वार्डमा जाने गरेका छन् ।
सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले ज्वरो, आउने, रुघा लागनेजस्ता लक्षण देखिएर कोरोनाको शंकामा जाँचका लागि आएका विरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरिएको बताउनुभयो । सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको उहाँले बताउनुभयो ।