चित्र मिजार
सिन्धुपाल्चोक, चैत १५ गते । कोरोना भाइरस (भाइरस कोभिड १९) को संक्रमण फैलन नदिन सुनकोशी गाउँपालिकाले गाउँगाउँमा क्वारेन्टाइन कक्ष निमार्णका सामान र स्वास्थ सामाग्री पठाउन थालेको छ । गाउँलेहरुले साना सवारी साधानमा हालेर सामान लादैं गरेका छन् ।
शनिबार उक्त गाउँपालिकाले सात वटा नै वडामा क्वारेन्टाइन बनाउन सामान पठाएको छ । सो गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी (बिनोद) ले गाउँगाउँका नागरिकलाई कोरोना भाइरसबाट बचाउन सामान पठाएको जानकारी दिनु भयो । गाउँगाउँबाट क्वारेन्टाइनको सामान लिन सुनकोशी गाउँपालिका आइपुगेका गाउँबासीलाई पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतको हातबाट सामान बितरण गरिएको थियो ।
प्रत्येक वडामा चार,चार वटाको दरले क्वारेन्टाइन बेड पठाइएको छ भने बिभिन्न स्वास्थ चौकी,गाउँपालिका भित्र रहेका अस्पताल, बिद्यालयका भवन, सामुदायिक भवन गरेर तीन सय भन्दा बढी क्वारेन्टाइन वार्ड बनाउन लागेको गापा अध्यक्ष जिसीले बताउनु भयो । साथै सबै वार्डमा औषधी, स्वास्थकर्मी लगायतको जनशक्ति तयारी हालतमा राखिएको उहाँले जानकारी दिनु भएको छ । वडा अध्यक्षका उपस्थितिमा गाउँगाउँ क्वारेनटाइनका सामान र स्वास्थ सामाग्री पठाइएको छ । गाउँ पुगेको उक्त सामानले तत्काल नै गाउँगाउँमा क्वारेन्टाइन वार्ड निमार्ण गर्ने समाजसेवी प्रमोद तामाङले बताउनु भयो । कोरोना भाइरस संक्रमण हुन नदिन जनप्रतिनिधि जनचेतनामा लागि रहेको वडा नम्बर ६ का अध्यक्ष राम कुमार थापाले बताउनु भयो ।