logo
२०८१ मंसिर ११ मंगलवार



अति आवश्यक सामग्रीको खरिदबिक्रीमा सहज

खुला |


अति आवश्यक सामग्रीको खरिदबिक्रीमा सहज


धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १५ गते । सप्तरीका स्थानीय तहहरुले लकडाउनको पाँचौ दिनमा अतिआवश्यक सामग्रीको खरिदबिक्री सहजताका लागि व्यवस्थापन गरेको छ । राजविराज नगरपालिकाले सर्वसाधारणको घरदैलोमा खाद्यान्न तथा दैनिक उपभोगबस्तु पु¥याउन शनिबारदेखि सो कार्यको सुरुवात गरिएको छ ।

स्थानीय रमेश किराना पसल र निर्मल किराना पसल मार्फत सर्वसाधारणको माग(अर्डर) अनुसार घरदैलोमा दैनिक उपभोगबस्तु खाद्यन्न सामग्री पु¥याउन थालेको राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

अनलाइन मार्फत अर्डर गरिएका खाद्यान्न सामग्रीको घरदैलोमा पु¥याउन सुरु गरिएको रमेश किराना पसलका प्रोपाइटर रमेशप्रसाद साहले जानकारी दिनुभयो । ढुवानी खर्च बाहेक तोकिएकै मूल्यमा माग भएका सामग्री पु¥याउने गरेको उहाँले भन्नुभयो, आजबाट सुरु भएको छ, अनलाइन खरिद गर्ने बानी नभएर एक÷दुई जनाको मात्र अर्डर आएको छ । बिस्तारै माग बढ्ने छ ।
यता राजविराज नगरपालिकाले नगरको गुद्री तरकारी हटियामा भिडभाड बाक्लो हुन थालेपछि नगर स्थित राजरंगशालामा शनिबारदेखि सामाजिक दुरी कायम गरी तरकारी हटिया सञ्चालन गरेको छ । प्रत्येक बिहान छ बजेदेखि नौ बजेसम्म खेल मैदानमा तरकारी हटिया सञ्चालन गरिएको नगरप्रमुख यादवले भन्नुभयो, व्यापारीबीच तीन मिटर र ग्राहकको दुई मिटरको दुरी कायम गरी घेरा चिन्ह राखेका छौ ।

त्यस्तै नगरपालिकाका विभिन्न वडाहरुले पनि एक दर्जन बढी स्थानमा सामाजिक दुरी निर्धारण गरी हटिया सञ्चालन भएको सूचना जारी गरिएको छ । नगरपालिकाले आजै बिहान देखि कोरोना भाइरस र अन्य किटानु विरूद्धको किटनाशक औषधी (डिसइन्फेक्टान्ट) औषधि छर्ने कार्य पनि सुरु गरेको छ । औषधि प्रत्येक वार्डमा नियमित रुपमा छर्ने बताइएको छ ।
त्यस्तै जिल्ला अन्य स्थानीय तहहरु पनि बजार क्षेत्रमा दैनिक उपभोग बस्तु तथा खाद्यान्नको उचित व्यवस्थापन गरिएको छ । उनीहरुले सामाजिक दुरी कायम गरी अतिआवश्यक सामग्रीको खरिदबिक्रीको व्यवस्था गरेको पाइएको छ ।
निरन्तर अनुगमन
लकडाउनको बेला कालोबजारी हुने प्रबल संभावना रहेकोले बजार अनुगमन कार्य पनि भइरहेको छ । ग्यास, खाद्यन्न सामग्रीका डिलरहरुमा स्थानीय तह, प्रशासनले अनुगमन कार्यलाई पनि अगाडी बढाउदै लगिएको छ ।
दैनिक मजदुरको बिजोग
कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन लकडाउनमा सबभन्दा बढी दैनिक ज्यालादारी गर्ने मजदुर प्रभावित भएको छ । उनीहरुलाई काम नपाउँदा छाक टार्न धौ–धौ पर्न थालेको छ । घरबाहिर निस्किन नपाउने मजदुरहरुको बालबालिका, बृद्धबृद्धा आमाबाबुसहित परिवारलाई भोकै बस्ने अवस्था सिर्जना हुन लागेको मजदुर लक्षमण रामले भन्नुभयो, दिनभरी कमाएर खाने गर्छौ । काम नपाएर छाक टार्न पनि समस्या भएको छ । अहिले कसैले पनि धान, चामल, पैसा पैचो सापटी र ऋृण दिदैन ।

संभावित संक्रमितको खोजी गरी क्वारेन्टाइनमा राख्ने, दैनिक उपभोगबस्तु खाद्यान्नलाई सहज बनाउनमै स्थानीय तह, प्रशासन केन्द्रित रहेकोले यस्ता मजदुर प्रति कसैको ध्यान नपुगेको बताइएको छ । स्थानीय तहहरुले नै मजदुरको समस्या समाधानमा ध्यान दिनुपर्ने स्थानीय प्रशासनको कथन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?