logo
२०८१ मंसिर ११ मंगलवार



९९ क्वारेन्टाईन र ६ आईशोलेशन निर्माण, विदेशबाट आएका १५ जना क्वारेनटाइनमा

खुला |


९९ क्वारेन्टाईन र ६ आईशोलेशन निर्माण, विदेशबाट आएका १५ जना क्वारेनटाइनमा


प्रतिक शर्मा
सल्यान, चैत १७ गते । यहाँ नोभेल कोरोना संक्रमणको पूर्व तयारी स्वरुप ९९ क्वारेन्टाईन र ६ आईशोलेशन तयार गरिएको छ । सल्यान अस्पताल सल्यानमा २० क्वाईरेन्टाईन र ६ आईशोलेशन तयार गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । जिल्ला अस्पताल सल्यानका प्रमुख अर्जुन वुढाले अस्पतालमा ५ सेट पिपिई लगायत आवश्यक समान रहेको जानकारी दिनुभयो ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले २३ वेडको क्वारेनटाइन निमार्ण गरेको जानकारी दिनुभयो ।उहाका अनुसार दमाचौर स्वास्थ्य चौकी, जयचौर स्वास्थ्य चौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५÷५ वेड र प्राथमिक स्वास्थ्य चौकी लेखपोखरामा ८ वेडको क्वारेनटाइन निमार्ण गरिएको हो ।

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले त्रिभुवन जनमाध्यमिक विद्यालय लुहापिङमा २० शैयाको क्वारेनटाइन निर्माण गरेको जानकारी दिनुभयो । उहाका अनुसार विद्यालयको भवन प्रयोग गरेर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएको पाइएका क्वारेनटाइनमा राखिने छ ।  त्रिवेणी गाउँपालिकामा ३० वेडको क्वारेन्टाईन वेड निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुनले जानकारी दिनुभयो ।
सल्यानमा विदेशबाट आएका १५ जना क्वारेनटाइनमा

यहाँ वैदेशिक रोजगारीवाट फर्किएका १५ जनालाई क्वारेनटाइनमा राखिएको छ । रोजगारीका लागि विभिन्न देशवाट फर्किएका १५ जना क्वारेनटाइनमा रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।  त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले राधेश्याम माध्यमिक विद्यालय काराँगिठीमा ११ जना र जनता माध्यमिक विद्यालय काभ्रामा चार जनालाई क्वारेनटाइनमा राखिएकोे बताउनुभयो । उहाका अनुसार भारत लगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेनटाइनमा राखिएको छ । 

शनिबार ८ जना र आज थप ५ जना क्वारेनटाइनमा राखिएको हो ।
उनीहरुमा अहिलेसम्म कोरोनाका कुनै लक्षण देखा नपरेको श्रेष्ठको भनाई छ । उहाले भन्नुभयो क्वारेनटाइनमा बसेका सम्पूर्ण व्यक्तिहरुको खानाबस्नको व्यवस्था गाउँपालिकाले गरेको छ ।
२ सय ८४ जना होम क्वारेनटाइनमा
जिल्लामा २ सय ८४ जना होम क्वारेनटाइनमा बसी रहेका छन् । कामको शिलशिलामा विभिन्न देशमा पुगी फर्किएका २ सय ८४ जना होम क्वारेनटाइनमा बसी रहेका हुन । दार्मा गाउँपालिकामा २ सय ३ र बागचौर नगरपालिकामा ८१ जना होम क्वारेनटाइनमा बसी रहेका छन् ।

दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले दार्मा गाउँपालिकामा २ सय भारत र ३ जना अन्य देशबाट आएका व्यक्ति क्वारेनटाइनमा बसी रहेको वताउनुभयो । यस्तै बागचौर नगरपालिकामा ७३ जना भारत, मलेशियाबाट १, कतारबाट ३ र कुवेतबाट आएका ४ जना होम क्वारेनटाइनमा बसी रहेको नगरपालिकाले जनाएको छ । यस्तै बागचौर नगरपालिकामा ७३ जना भारत, मलेशियाबाट १, कतारबाट ३ र कुवेतबाट आएका ४ जना होम क्वारेनटाइनमा बसेको नगरपालिकाले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाले भारत सहित अन्य मुलकबाट आएकाको तथ्यांक संकलन गरेको छ । यहि चैत महिना भित्रमा भारत सहितका बिभिन्न मुलकबाट भित्रिएका नागरिकको वडा तथा बस्ती स्तरमा तथ्यांक संकलन गरेको हो ।
वनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य स्वास्थ्य चौकी प्रमुख वासुदे व पोख्रेलले वैदेशिक रोजगारवाट १ सय ६२ जना नगरपािलका भित्र आएको बताउनुभयो । उहाका अनुसार भारतवाट १ सय ६० जना, मलेसिया बाट १ र कतारबाट १ जना आएका छन् ।
दैनिक मजदुरी गर्ने मजदुरलाई खाद्यन्नको व्यवस्था गर्ने

यहाँका दुई स्थानीय तहले दैनिक ज्यालादारी, मजदुरी तथा अति विपन्न परिवारलाई खाद्यन्नको व्यवस्था गर्ने भएका छन् । यहाँको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाले दैनिक ज्यालादारी, मजदुरी तथा अति विपन्न परिवारको तथ्यांक संकलन गरी राहत प्याकेज अनुसार खाद्यन्न व्यवस्था निणर्य गरेका छन् ।शारदा नगरपालिका प्रवक्ता दिपक हमालले लकडाउनका कारण दैनिक ज्यालादारीमा जान नसक्ने विपन्न परिवारको तथ्यांक संकलन गरेर खाद्यान्नको व्यवस्था गरिने बताउनुभयो । उहाँका अनुसार वडा अध्यक्षको सिफारिसमा अतिविपन्न र ज्यालादारी गरी दैनिकी गुर्जार्नेको संख्या एकिन गरिने छ ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले अति विपन्न श्रमिक र उनका परिवारहरु भोकै बस्न नपरोस भने खाद्यान्न उपलब्ध गराउने निणर्य गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?