logo
२०८१ मंसिर ११ मंगलवार



अस्पताललाई नेकपाको सहयोग

खुला |


अस्पताललाई नेकपाको सहयोग


अर्जुन काफ्ले 
स्याङ्जा, चैत्र १७ गते । कोराना भाइरसको महामारी पैmलिहरदाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ् नगर कमिटीले अस्पताललाई पिपिई, गन थर्मोमिटर र माक्स उपलब्ध गराएको छ ।
कमिटीले गह्रौ प्राथामिक अस्पतालमा पिपिई नहुँदा स्वास्थ्य परिक्षण गर्न समस्या भएपछि सामाग्रीहरु उपलब्ध गराएको हो ।

नगर कमितीले २५ थान पिपिई, १ थान गन थर्मोमिटर र सात सय थान सर्जिकल माक्स प्रदान गरेको हो । यस्तै नगरकमिटीले गल्याङ र कालीगण्डकीमा ५÷५ थान पिपिई र माक्स उपलब्ध गरेको नगरकमिटी अध्यक्ष राजेन्द्र डुम्रेले जानाकारी दिनुभयो ।नगर तथा जिल्ला भित्र कुनै पनि समस्या रहेमा पार्टी सहयोगको लागि तयार रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?