logo
२०८१ मंसिर ११ मंगलवार



अपाङ्गता भएका व्यक्ति पनि कोरोना भाइरसबारे सचेतना फैलाउँदै

खुला |
समाज |


अपाङ्गता भएका व्यक्ति पनि कोरोना भाइरसबारे सचेतना फैलाउँदै



जनार्जन खत्री
सर्लाही, चैत १७ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका शिवनाथ राउत शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ ।

दायाँ खुट्टाले राम्रोसँग काम नगर्ने उहाँलाई हिँड्डुल गर्न लठ्ठीको सहारा लिनुपर्छ । कोरोना भाईरस (कोभिड–१९) फैलन नदिन सरकारले एक सातादेखि लगाएको लक डाउनका कारण यतिबेला सबैजना घरभित्रै बसिरहेका छन् ।

तर शिवनाथ भने अपाङ्गता भएर पनि मानव स्वास्थ्यको हितको लागि लठ्ठीको सहारामा टोल–टोलमा पुगेर कोरोना विरुद्ध सचेतना फैलाउँदै हिँड्नुभएको छ ।

सामान्य परिवारका उहाँले साथीसँग कपडा सापटी लिएर आफँैले माक्स समेत बनाएर वितरण गर्नुभएको थियो । स्थानीय विपन्न तथा मुसहर

समुदायका बालबालिकालाई लामो समयदेखि निःशुल्क पठनपाठन गराउँदै आउनुभएका राउतले महामारीको समयमा समाज सेवामा देखाएको जाँगरबाट स्थानीय पनि दङ्ग परेका छन् ।

साथीबाट मागेको कपडाबाट बनाएको माक्स गाउँका अति विपन्न तथा दलित परिवारलाई वितरण गरे, थप माक्स बनाएर बाँड्ने सोच बनाए पनि कपडाको अभाव भएको छ, राउतले भन्नुभयो, ‘चेतना कम भएका स्थानीय अशिक्षित समुदायमा कोरोनाबाट बच्न साबुन पानीले हात धूने, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने भनेर सिकाउँदै समेत हिँडेको छु ।’

आफ्नो शरीरले साथ दिएसम्म आफू अझंै यसैगरी सचेतना फैलाउँदै हिँड्ने राउतले सोच छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?