भोटराज राइ
उदयपुर, चैत १८ गते । उदयपुरमा कोरोनाभाइरस संक्रमितविरामी र शंकास्पदमानिसहरुकालागि चेकजाँचतथाउपचार गर्ने क्वारेन्टाइन तथाआइसोलेशनबनाउने काम अगाडी बढेकोछ । हालकालागिजिल्लाको हकमापर्याप्तहुनेगरी तयार भएको जिल्लाजनस्वस्थ्यकार्यालय उदयपुरका प्रमुखमोहन सुवेदीले बताउनुभयो ।
जिल्लाको आठै पालिकामाक्वारेन्टाइन बनाउने प्रशासनले परिपत्र गरेसंगै स्थानीय सरकारले वडावडासम्म क्वारेन्टाइन बनाएको छ । जिल्ला अस्पताल, गाइघाट सिभिल अस्पताल, चौदण्डीगढी नगरपालिका र बेल्टार स्वास्थ्यचौकीमाआइसोलेशनतयारी अवस्थामा छ ।हालजिल्लामा ३ सय ७७ वटा क्वारेन्टाइन र ४० बेडको आइसोलेशन बनेको प्रमुख सुवेदीले बताउनुभयो ।
गाउँगाउँमाक्वारेन्टाइन बन्नुलाई सर्बसाधारणले सकारात्मकरुपमालिएका छन् । क्वारेन्टाइनबारे सकारात्मकधारणा जगाउन र त्यसलाई ब्यवस्थितबनाउनुपर्ने चौदण्डीगढी नगरपालिका७ का चेवान राईले बताउनुभयो ।
बाहिरदेशबाट आएकातथा संकास्पदलाई क्वारेन्टाइनमा र विरामीको लक्षण देखिएकालाई आइसोलेशनमा राख्न सुरु गरिएको छ । सहायकप्रमुखजिल्लाअधिकारी भीमप्रसाद भट्टराईका अनुसार बेलसोत क्वारेन्टाइनमा २६, त्रियुगानगरपालिकाले मोगिडामा बनाएको क्वारेन्टाइनमा ३ र रौतामाइले मुर्कुचीमाबनाएको क्वारेन्टाइनमा १ गरी हाल ३० जनाक्वारेन्टाइनमा छन् भने जिल्ला अस्पतालको आइसोलेशनमा १ जना रहेका छन् ।
पछिल्लो समय प्रदेश र संघीय सरकारले क्वारेन्टाइन मापदण्डअनुरुप सुविधा सम्पन्न र व्यवस्थितहुनभनेको छ । जिल्लाजनस्वस्थ्यले अनुगमनगर्दा बेलकानगरपालिका र अन्यपालिका केन्द्रहरुकाक्वारेन्टाइन मापदण्डअनुरुपकै भएपनि वडाहरुमा बनेका अधिकांशक्वारेन्टाइनहरु त्यस किसिमका भेटिएनन् । जनस्वस्थ्यले त्यस्ताथप सुधारका लागि सुझावदिएको जनस्वस्थ्यप्रमुख सुवेदीले बताउनुभयो ।
चौदण्डीगढीको वडा नं. ५ सुन्दरपुर स्वस्थ्यचौकीमालापरवाहीढंगले टेबुलजोडेर पनिक्वारेन्टाइन बेड बनाइएको भेटिएको छ । त्यस्ता सुधार आवश्यक रहेको अनुगमनटोलीले सुझाएको छ । साथै स्वस्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्रीहरुको कमी रहेको गुनासो स्वस्थ्कर्मीहरुको छ । एक स्वस्थ्यकर्मी स्वस्ती खतिगडाले आफुहरु तदारुक्ताका साथकामगरिरहेको भएपनि ढुक्क हुने किसिमले व्यक्तिगत सुरक्षाका साधनहरु पाउननसकेको गुनासो गर्नुभयो ।
पछिल्लो समय जिल्लाबासीमा लकडाउन पालना र कारोनाभाइरस संक्रमणप्रतिको सचेतना बढेसंगै क्वारेन्टाइनप्रति सकारात्मकधारणा बढेको छ । तरअझै पनिबाहिर देशबाट आएका र संकास्पदहरुले दुइहप्ताक्वारेन्टाइनमा बसेर आफु, परिवार र सिंगो देशलाई सुरक्षितगर्नुपर्छ भन्ने भावनाजगाउन जरुरी रहेको नागरिक समाजकाअगुवा भरत खड्काले बताउनुभयो ।