logo
२०८१ मंसिर ११ मंगलवार



दमौली अस्पतालमा चिकित्सक छैनन् , विरामी मर्कामा

खुला |


दमौली अस्पतालमा चिकित्सक छैनन् , विरामी मर्कामा


अमरराज नहर्की
तनहुँ, चैत्र १८ गते । अत्यावश्यक क्षेत्रको सेवा बन्द गर्न नपाईने भएपनि तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा चिकित्सक नहुँदा विरामी मर्कामा परेका छन् । सरकारले लकडाउन गरेको चैत्र ११ गते देखि नै अस्पताल चिकित्सक विहिन अवस्थामा रहेको छ । अत्यावश्यक सेवा प्राप्त नभएपछि विरामी आक्रोशित भएका छन् ।

अस्पतालमा एक जना स्टार्भ नर्स र अनमी गरी दुई जना स्वास्थ्यकर्मीको भरमा मात्रै रहेको छ । इमरजेन्सी सेवाको लागि दुई जना स्वास्थ्यकर्मी र एक÷एक जना टिकट काउन्टर र फार्मेसीमा मात्रै कर्मचारी रहेका छन् । चैत्र ११ गते देखि नै अस्पतालका प्रमुख डा. सुनिल पौडेल कार्यालयमा नआएको मोबाईल स्विच अफ गरेको वसेको पाईएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । ‘सेवामा नआउनुको कारणबारे बुभ्mदा स्विच अफ गरेको सम्पर्क हुन सकेको छैन, प्रअिज अधिकारीले भन्नुभयो ।

मेडिकल सुपरीटेन्डेन (मेसु) नै उपचारमा नआई गायव भएको पाईएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१० सेवरकी इश्वरी अधिकारी मङ्गलबार अस्पतालमा ज्वरो आएर जचाउन आउँदा डाक्टर अनाएकोले फर्किनु परेको र एम्बुलेन्स रिर्जभ गरेर पोखरा जान लागेको बताउनुभयो । व्यास नगरपालिका–६ साँगेबाट जचाउन आएकी सुत्केरी महिला पनि डाक्टर नभएर त्यसै फर्किनु परेको कमला अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?