अमृत बास्कुने
म्याग्दी, चैत १८ । कालीगण्डकी नदिमा माछामार्ने क्रममा खोलाले बगाउँदा मंगला गाउँपालिका–३,का ४४ वर्षिय रामप्रसाद शेरचन बेपत्ता हुनुभएको छ । कम्मरमा डोरी बाँधेर माछा मार्नका लागि कालिण्डकी नदि तर्न खोज्दा बेनी नगरपालिका–१ स्थीत कालिगण्डकी नदीमा चिप्लेर शेरचन बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो ।
शर्माका अनुसार कालिगण्डकीमा तियारी खेल्नका लागि धौलागिरी गाउँपालिका–२ मुनाका हिमबहादुर पाइजा पनि सँगै जानु भएकोमा पाइजा भने सकुशल रहनु भएको छ । बेपत्ता शेरचनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।