होमराज रानाभाट
कावासोती चेत्र १८ गते । जिल्लाको कावासोति नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरु बन्द भए पछि तत्काल खोलेर बिरामीलाई सुबिधा नदिए दर्ता नै खोरज गरि बन्द गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।
कोरना भाईरस रोकथाम समिति , स्वास्थ शाखा र पत्रकार सहिततको टोलिले आज कावासोति नगरपालिका भित्र रहेका स्वास्थ्य सेवाकेन्दहरुको अनुगमन गर्दा कुनै पनि स्वास्थ्य संस्था खुलेका थिएनन र तत्काल खोल्न अनुरोध गरिएको र नखोले बन्द गर्ने चेतावनी दिईएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाँले बताउनुभयो ।
अनुगमको क्रममा नगरभित्रका अधिकाशं दन्त र आखा उपचार केन्द्र बन्द भेटिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागिलाले जानकारी दिनुभयो । उहाँको अनुसार २२ बटा स्वास्थ्य सेवा केन्द्र ,दन्त सेवा, आखा उपचार केन्द्र र स्वास्थ क्लिनिक बन्द भेटीएको जानकारी दिनुभयो । बजारका मुख्य राजमार्गका केही उपचार केन्द्रहरु समेत बन्द भेटिएको स्वास्थ शाखा प्रमुख नागिलाले बताउनुभयो ।
कावासोति नगरपालिकाको १७ बटै बडामा रहेका स्वास्थ्य केन्द्रहरु अत्यावश्यक सेवा भित्र रहने भएकाले कुनैपनि स्वास्थ्य सेवा केन्द्रहरु बन्द गर्न नपाईने कावासोति कोरना रोकथाम समिति संयोजक तथा अनुगमन समिति प्रमुख तथा नगरपालिका उप प्रमुख प्रेम शंकर मर्द्नियाले बताउनु भयो ।
उप प्रमुख मर्द्नियाले आज अनुगमनका क्रममा बन्द भएका आखा उपचार केन्द्र , दन्त सेवा केन्द्र र स्वास्थ्य सेवा ( क्लिनिक, मेडिकल) तत्काल नखोलिए बन्द गर्ने चेतावानी दिएको बताउनु भयो ।