logo
२०८१ मंसिर ११ मंगलवार



भारतवाट फर्केका ३९४ क्वारेनटाइनमा

खुला |


भारतवाट फर्केका ३९४ क्वारेनटाइनमा



डिलबहादुर सिंह
डोटी, चैत १९ गते । डोटीको बिभिन्न स्थानहरुमा भारबाट फर्केका ३ सय ९४ जनालाई क्वारेण्टाइनमा राखिएको छ । स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार जिल्लाका बिभिन्न स्थानीय तहहरुका २४ वटा क्वारेन्टाइन स्थापना गरिएका छन् ।
सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाको क्वारेण्टाइनमा रहेको छ । गाउँपालिकाले पाँच स्थानमा स्थापना गरेको क्वारेण्टाइनमा एक सय १५ जना रहेका छन् । आदर्श गाउँपालिकामा ८१ जना क्वारेण्टाइनमा रहेका छन् । बडीकेदार गाउँपालिकामा ३६, जोरायल र पूर्वीचौकी गाउँपालिकामा दुर्ई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा ३६, शिखर नगरपालिकामा ७६ र दीपायल सिलगढी नगरपालिकामा ३३ जना रहेका छन् ।
क्वारेन्टाइनमा दुखः भइरहेको गुनासो
जिल्लाका कतिपय स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनमा न्यूनतम मापदण्ड पनि पुरा नभएको देखिएको छ । डोटीको शिखर नगरपालिकाले शिद्धेश्वर माध्यामिक बिद्यालय बानेडुंग्रीसेनमा स्थापना गरेएको क्वारेन्टाइनमा बेञ्च डेस्कमा सुत्ने ब्यवस्था गरिएको छ । सो बिद्यालयको क्वारेन्टाइनमा चौध जना रहेका छन् । क्वारेन्टाइनमा रहेकाहरुले आफुलाइ कैदीको जसरी राखिएको गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?