नेत्र शाही
खलङ्गा चैत १९ गते । जुम्लाबाट कोरोनाको आशंकाका चार जना बिरामीको काठमाडौं पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले चारै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा परिक्षण गरिएको उक्त स्वाब नेगेटिभ देखिएको जानकारी दिनुभयो ।
प्रतिष्ठानले ३ दिन अगाडि जुम्लाबाट एम्बुलेन्समा नेपालगंज हुदै रिपोर्ट काठमाडौं पठाएको थियो । कोरोनाको लक्षणको आशंकामा एक साता देखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चार जनाको ‘स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको र रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ ।
अव उनिहरुको रिपार्ट नेगेटिभ आएपछि बिस्तारै घर फर्काईने प्रतिष्ठानले जनाएको छ । निर्देशक रावलले विरामीलाई काउन्सिलिङ गरेर घर पठाईने भएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि भने जुम्ला सुरक्षित छ कि भन्ने आशा गरिएको छ । भारतबाट आएका जुम्ला तातोपानीका एक जना र उनका छोरा छोरालाई ज्वरो आएपछि आईसुलेसनमा राखिएको थियो ।
अहिले जुम्लाका विभिन्न स्थानीय तहले ७२ जना क्वारेन्टाईनमा भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरु राखिएको स्थानीय प्रशासनको तथ्यांक छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले उच्च स्तरको तयारी थालेको छ । प्रतिष्ठानका डा. धिरज गुरुङको संयोजकत्वमा चिकित्सकको टोली खटाउनुका साथै, प्रतिष्ठानका १२० वेडलाई आईसुलेसन वार्ड तयार गरिएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ । जुम्लामै कोरोनाको नमुना परीक्षण केन्द्र बनाउन पहल गरिरहेको भएपनि हाल सम्म हुन सकिरहेको छैन् । कर्णाली प्रदेश सरकारले रु एक करोड विनियोजन गरेर थप सहयोग हुने भएको प्रतिष्ठानले जनाएको छ ।