logo
२०८१ मंसिर ११ मंगलवार



स्याङ्जाका सबै पालिकामा राहतकोष

खुला |


स्याङ्जाका सबै पालिकामा राहतकोष


अर्जुन काफ्ले
स्याङ्जा, चैत्र १९ गते । कोरोना भाइरसको महामारी पश्चात सरकारले लकडाउन गरेसगै स्याङ्जाका सबै स्थानिय तहले राहतकोष बनाएका छन् ।

११ स्थानिय तह मध्ये सात वटा पालिकाले कोभिड १९ को लागि राहत कोष खडा गरेको छन् भने चार वटाले कार्यपालिकाले निर्णय गर्ने गरी दैबि प्रकोप कोषबाट खर्च गरेका छन् ।
यहाँको गल्याङ्ले ३० लाख, वालिङ्ले २५ लाख, पुतलीबजाले २० लाख र चापाकोट नगरपालिकाले छ लाखरको राहतकोष खडा गरेका छन् भने कालिगण्डकीले १५ लाख, आधिखोलाँले १० लाख, अर्जुन चौपारीले पाचँ लाखको कोष खडा गरेर कोरोना भाइरस बिरुद्ध काम गरि रहेका छन् ।

यस्तै बिरुवा, फेदिखोला, हरिनाश गाउँपालिका र भिरकोट नगरपालिकाले राहत कोष खडा नगरेपनि दबिप्रकोप कोष बनाएका छन् । औषधी तथा स्वास्थ्य सामाग्री खरीद र लकडाउनका कारण हात मुख जोड्न असहज हुनेलाई राहत दिने उदेश्यले पालिकाले राहतकोष खडा गरेका हुन् ।
यहाँको कालिगण्डकी गाउँपालिकाले स्वाँस्थ्य सामाग्री खरिद गर्नुका साथै एक हप्ताको लागि न्युन आयस्तर भएका र काम नगरी खान नपुग्ने एक सय ८६ घरधुरीलाई राहत बितरण गरेको छ ।

गाउँपालिकाले पाचँ जना सम्मको परिवार भएकालाई १० केजी चामल, दुई केजी दाल, दुई लिटर तेल र एक केजी नुन प्रदान गरेको हो भने पाचँ भन्दा ठुलो परिवारलाई १५ केजी चामल, तिन केजी दाल, दुई लिटर तेल र एक केजी नुन प्रदान गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जानाकारी दिनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?