शिवराज ढुंगाना
मंगलसेन, चैत १९गते । कोरोनाभाईरस संक्रमणको रोकथाममाखटिने स्वास्थ्यकर्मीहरुलाई मंगलसेन नगरपालिका र रामारोशनगाउँपालिकाले जोखिमभत्तादिने भएका छन् । नगरको क्षेत्रभित्रका हेल्थ डेक्स, क्वारेन्टाइन र स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्सान स्वरुपजोखिमभत्तादिने भएकाहुन् ।
रामारोशनगाउँपालिकाले भने उनीहरुले मासिक रुपमापाउने तलबको ६० प्रतिशत रकम बराबरको जोखिमभत्ताउपलब्ध गराइने भएको निमित्तप्रमुखप्रशासकीयअधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा खटिने थपउर्जाशिल र काममा समर्पित बनाउन राहतस्वरुपभत्तादिइने भएको मंगलसेन नगरपालिकाप्रमुखपदमबहादुर बोहराको भनाइ छ । “जोखिमका समयमाकामगर्नेको मनोबल उच्चबनाउन केही सहयोग स्वरुपभत्तादिने भएका छौ ।” नगरप्रमुखबोहराले भन्नुभयो ।मंगलसेन नगरकार्यपालिकाको आगामी बैठकले भत्ताको रकम टुंगो लाउने बताइएको छ । “जोखिमभत्तापाउने भएका छौ, यसले हामीलाई काममाथपहौसलाप्रदानभएको छ ।” नगरका स्वास्थ्यशाखाप्रमुखमानबहादुर सोडारीको भनाइ छ ।
कोभिड–१९ संक्रमण रोकथाम, उपचार र राहकालागिमंगलसेन नगरपालिकाले ३० लाखर रामारोशनगाउँपालिकाले १० लाख रुपियाँको कोष स्थापना गरेका गरेका छन् । मंगलसेन नगरपालिकाले ५३ जनालाई क्वारेन्टाइनमा राखेको छ भने रामारोशनगाउँपालिकाले भारतबाट आएर घरमै रहेकाव्यक्तिहरुको निगरानीगरिरहेको बताएको छ ।
भारतबाट पाँचसय ८२ र जिल्लाबाहिरबाट दुईसय चार जनाभित्रिएको तथ्यांकमंगलसेन नगरपालिकाले सार्वजनिक गरेको छ ।रामारोशनगाउँपालिकामाभारतबाट एकसय ९८ जनागाउँमाफर्केकातथ्यांक रहेको छ ।
यस्तै घरबार र भूमिहिन रहेर मजदुरी गरेर खाने वादी परिवारलाई लकडाउनले असर गरेको भन्दै नगरपालिका–५ मा रहेका६ वादी परिवारलाई १० कठ्ठा चामल, दाल, नुन तेल वितरण गरेको छ । टंकी वादी, वैरागीवादी, जोगीवादीको छ÷छ जना, सुपारी वादीको पाँचजनाको परिवारलाई दुई÷दुई र रेवन्तीवादी र फुँगीवादीको तीन÷तीनजनाको परिवारलाई एक÷एक कठ्ठा चामलदिइएको मंगलसेन नगरपालिकाकाखरिदार नरेशबहादुर कठायतले जानकारी दिनुभयो । नगर क्षेत्रमा रहेका दैनिककामदारको विवरण संकलनगर्ने समेत बताइएको छ ।