गाईघाट समाचारदाता
गाईघाट,चैत १९ गते । कोरोना भाइरस कोभिड–१९ को संभावित संक्रमण रोक्न उदयपुरका आठवटै स्थानीय तहमा आवश्यक तयारी गरीएको छ । सोअ भाईरसबाट हुनसक्ने विरामीहरुको लागि क्वारेन्टाईन, आईसुलेसन, र उद्दारको लागि पाँचवटा एम्बुलेन्स समेतको व्यवस्था गरिएको हो ।
संघ, प्रदेश र स्थानीय तहको सिमित स्रोत र साधनको भएपनि स्थानीय स्तरमा क्वारेन्टाईनको व्यवस्था गरिरहेको स्वास्थ कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार उदयपुर जिल्लामा ३९ वटा आइसोलेसन सहित ३७७ बेडको क्वारेन्टाईन निर्माण गरिएको हो ।
जसमा वेलका नगरपालिकामा २०,चौदण्डिगढी नगरपालिकामा ३१,त्रियुगा नगरपालिकामा २५ र कटारी नगरपालिकाको वेलसोतमा दुईसय तथा गाउँपालिकाहरु क्रमश रौतामाईमा ३१,उदयपुरगढीमा २५,ताप्लिमा २५ र लिमचुङ्वुङमा २० वेडको क्वारेन्टाइन बनाइएको उहाँले बताउनुभयो । यसैगरी त्रियुगामा २१,चोदण्डिगढीमा १७ र कटारीमा एक गरी ३९ वेडको आइसोलेसन कक्षसमेत तयार पारिएको छ ।
कटारीमा चार महिला सहित २६ ,त्रियुगा नगरपालिकामा चार र रौतामाई गाउँपालिकामा चर गरी अहिले जम्मा ३४ जनालाई खानपिनको प्रवन्धसहित क्वारेन्टाइनमा सुरक्षित राखिएको र स्थानीय तहले गाउँ गाउँ र टोलटोलमा कोरोना संक्रमित मुलुकबाट फर्केका विभिन्न व्यक्तिहरुको तथ्याङ्ग सङ्कलन गरिरहेकोले क्वारेन्टाईनमा राख्नुपर्ने ब्यक्तिहरुको स.ख्या अझे बढ्नसक्ने संभावना रहेको पनि उहाँले बताउनुभयो ।
कोरोना रोकथाम जिल्ला समितिका सदस्य सचिव समेत रहनुभएका स्वास्थ कार्यालय प्रमुख सुवेदीले स्थानीय तहका सरकार कोरोना संक्रमण नियन्त्रण गर्न गम्भिरतापूर्वक लागेको भन्दै उहाँले नगरपालिकाहरु वेलकामा छ,चौदण्डिगढीमा २५,त्रियुगामा २२, कटारीमा १५ तथा गाउँपालिकाहरु रौतामाईमा १०,उदयपुरगढीमा २५,ताप्लिमा पाँच र लिमचुङ्वुङमा २० थान पीपीईको पनि प्रवन्ध गरिएको बताउनुभयो ।