logo
२०८१ मंसिर ११ मंगलवार



भैरहवामा भेन्टिलेटरसहितको आइसोलेसन अस्पताल

खुला |


भैरहवामा भेन्टिलेटरसहितको आइसोलेसन अस्पताल


भैरहवा समाचारदाता
भैरहवा, चैत १९ गते । भिम अस्पताल भैरहवामा ३५ बेडको सुविधासम्पन्न आइसोलेसन अस्पताल बनाइएको छ । कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्नेगरी अस्पतालभित्र तीन बेडको भेन्टिलेटर, पाँच बेडको आइसियूसहित ३५ बेडको अस्पताल बनाइएको हो ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालको बुधबार निरीक्षण गरी उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको लागि कुनै पनि कसर बाँकी नराखेको बताउँदै उच्च मनोवलका साथ उपचारमा खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

मन्त्री बरालले कोरोना आइसेलेसन अस्पतालमा आवश्यक पिपिई, मास्क लगायतका मेडिकल सामग्री आवश्यकताअनुसार उपलव्ध गराइएको पनि जानकारी दिनुभयो । उहाँले अहिले सम्म प्रदेश ५ मा कोरोना संक्रमितका विरामी फेला नपरेको उल्लेख गर्दै अहिलेसम्म ३० जनाको थ्रोड स्वाव परीक्षण गरिएकोमा कुनै पनि विरामीमा पोजेटिभ रिपोर्ट नआएको बताउनुभयो । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखा परेमा तत्काल अस्पताल जान पनि सुझाव दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?