logo
२०८१ मंसिर ११ मंगलवार



क्वारेन्टाईनमा बसेकाहरुका लागि संघसंस्थाद्धारा खाना, नास्ताको व्यवस्था

खुला |


क्वारेन्टाईनमा बसेकाहरुका लागि संघसंस्थाद्धारा खाना, नास्ताको व्यवस्था


सिराज खान 
नेपालगञ्ज, चैत १९ गते । कोरोना भाईरस भित्रिन नदिन नेपाल सरकारले लगाएको लकडाउनको बेला नेपालगञ्ज उपमहानगरपालि लगायत बाँकेमा निर्माण गरिएका क्वारेन्टाईनहरुमा बसेकाहरुका लागि विभिन्न संघसंस्थाहरुले खाना र नास्ताको व्यवस्था गरिरहेका छन् ।

श्री गुरुनानक सिंह सभा गुरुद्वारा बाँके, नेपाल शिवसेना बाँके र अवधी पत्रकार संघ बाँके शाखाद्वारा क्वारेन्टाईनमा बसेका करीब २०० बढीका लागि दैनिक रुपमा साँझ–बिहान खानाको व्यवस्था गरिएको गुरुनानक सिंह सभा गुरुद्वाराका प्रमुख राजेन्द्रसिंह सरदारले जानकारी दिनुभयो ।

त्यसैगरी बिहान नास्ताको लागि संत निरंकार मण्डल नेपाल शाखा कार्यालय नेपालगञ्ज, नेपाल शिवसेना र अवधी पत्रकार संघ बाँके शाखाको सहकार्यमा २०० बढी नास्ताको व्यवस्था गरिएको संत निरंकार मण्डलका संजय श्रेष्ठले बताउनु भयो ।

मानव सेवा नै धर्म हो भन्ने मान्यताका साथ विभिन्न व्यक्तिहरुको सहयोगबाट यसखाले आयोजनाहरु विगतदेखि नै गर्दै आएको गुरुद्वाराका सचिव जोगेन्द्रसिंह सरदारले बताउनु भयो ।
उहाँका अनुसार यस संकटको घडीमा कुनै पनि नेपाली दाजु–भाईहरुलाई भोकै बस्ने अवस्था सिर्जना नहोस् भनी हामीले नेपालगञ्ज उपमहानगरपालिकासित सहकार्य गरी क्वारेन्टाईनमा बसेका सबैका लागि खानाको व्यवस्था गर्दै आईरहेको छ ।

यस मानव सेवा कार्यमा महेन्द्रसिंह सरदार, जसपालसिंह सरदार, जोगेन्द्रसिंह सरदार, राजकुमार रौनियार, राजेन्द्रसिंह सरदार, हरपितसिंह सरदार, मदनराज शर्मा, सुखदिपसिंह सरदार, राजकुमार कारीगर, अमरजितसिंह सरदार, सोनुसिंहलगायतका व्यक्तिहरुले खाना तयारीमा सहयोग गर्दै आईरहेका अवधी पत्रकार संघका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनु भयो ।
त्यसैगरी नास्ता तयारीमा संजय श्रेष्ठ, राघव भट्टराई, पंकज निशाद, दिपक गुप्ता, राहुल कश्यप, खेलावन गोडिया लगायतले सहयोग गर्दै आईरहेको समेत अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?