शिवशंङ्कर मिश्र
कलैया समाचारदाता ।
बारा, चैत २० गते । पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।ज्यान जानेमा निजगढ नगरपालिका वडा नम्बर–९ शान्ति टोलका १९ बर्षिय सविन सहनी रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
निजगढ नगरपालिका तथा मकवानपुर जिल्लाको सीमामा पर्ने पर्यटकीय स्थल मोहोरी स्थित रहेका गणेशमान पार्कको बकैया नदीमा साथीहरुसंग पौडी खेल्दै गरेका अवस्थामा सहनीको डुबेर मृत्यु भएको बाराका प्रहर िनायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
विहिबार अपरान्ह ३ बजे घरबाट ८÷१० जना साथीहरुसँगै घुम्न गएको समय नुहाउन लाग्दा यसरी पौडी खेल्दा सहनीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो । मृत्तक सहनीको सहनीको शव परीक्षणको लागी रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा पठाइएको बारा प्रहरीले जनाएको छ ।