logo
२०८१ मंसिर ११ मंगलवार



तरकारी खाने पैसा बचाएर विपन्नलाई सहयोग

खुला |


तरकारी खाने पैसा बचाएर विपन्नलाई सहयोग


उदयपुर समाचारदाता
उदयपुर, चैत २१ गते । गाईघाटका केहीमहिलाहरुले तरकारी खाने पैसाबाट बचाएर लकडाउनको बेलाखाद्यान्नअभाव पर्ने विपन्नवर्गका लागि सहयोगस्वरुपप्रदान गरेका छन् । उनीहरुले त्रियुगानगरपालिकाको विपद् राहतकोषमाजम्मा गरी विपन्नवर्गका लागि सहयोग गरेका हुन् ।

१९ जनामहिलाहरुले पाँच÷पाँच सयको दरले र कार्की छापाखानाले पाँचहजार गरी एकमुष्टमा १५ हजार पाँच सय रुपैयानगरपालिकाका मेयर बलदेव चौधरीलाई हिजो प्रदान गरेका हुन् । उक्त रकमनगरपालिकाको विपदु् कोषमाजम्मागरि विपन्नवर्गका लागि राहतवितरण गरिने नगरपालिकाले जनाएको छ ।

अहिले कोरोनाभाइरसको कारण देश लकडाउनमा छ । यस अवस्थामाजनजीवन र गतिविधि ठप्प छ । घरभित्रै बसेर सुरक्षित रहनुपर्ने भएकाले दैनिकज्यालामजदुरी गरेर खाइरहेका विपन्नवर्गलाई खाद्यान्न संकट परेको छ । यस विपद्मा परेको समस्यालाई बुझेर महिलाहरुले सहयोग गरेका हुन् । ब्यापारी, व्यवसायी, उद्योगीलगायतले सहयोग गरिरहदा गृहिणी महिलाहरुले यसरी नरकारी खाने पैसाबाट बचााएर गरेको सहयोग अतिप्रशंसा योग्य छ ।

पालिकाका मेयर चौधरीले उनीहरुलाई विशेष धन्यावाद ज्ञापन गर्नुभयो । यसरी नै अहिलेको विपद्ले निम्त्याएको समस्या समाधानमाहातमाहातमिलाउदै जाने हो भने समस्या टार्न र विश्वव्यापीमहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट बच्न सकिने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?