logo
२०८१ मंसिर ११ मंगलवार



हेल्थ डेक्समा अझै पुगेन ईन्फ्रेड थर्मोमिटर र पिपिई

खुला |


हेल्थ डेक्समा अझै पुगेन ईन्फ्रेड थर्मोमिटर र पिपिई


नेत्र शाही जुम्ला
खलङ्गा चैत २१ गते । कोरोना रोगथामका लागि प्रयोग गरिने ईन्फ्रेड थर्मोमिटर जुम्लामा अझै नपुग्दा समस्या भएको छ । ईन्फ्रेड थर्मोमिटर नहुदा स्वास्थ्यकर्मीहरु अहिले सम्म जोखिम तरिकाले साधारण थर्मोमिटरले ज्वरो नाप्न वाध्य हुनुका साथै गुनासो गर्दै आएका हुन् । सवैभन्दा रिक्स कम गर्ने सो मेसिन कुर्दा कुर्दा लकडाउनको ११ दिन नाघ्यो तर हामीले अझै नपाएको जुम्लाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

यहाँको पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतनबहाुर रावतले हाल सम्म ३८ जना भारतबाट आएका र दुईसय बढि नेपालकै विभिन्न शहरबाट आएका मानिसहरुको स्वास्थ्य जाँच गर्यौ । तर ईन्फ्रेड थर्मोमिटर नहुदा डर लागिरहेको छ । सरकारले सवै सुविधा दियो तर सो थर्मामिटर र पिपिई नहुदा समस्या भएको छ । पिपिई आईसुलेसनमा बढि आवश्यक भएपनि हेल्थ डेक्समा समेत आवश्यक हुने उहाँ बताउनु हुन्छ ।

गाउँपालिका अध्यक्ष लक्षिमन बोहराका अनुसार यहाँको पातारासी गाउँपालिकाले आफ्नै लगानीमा अव पिपिई झिकाई रहेको छ । उहाँले थर्मोस्क्यान नहुदा सामान्य थर्मोमिटरले जाँच गर्ने र स्प्रिट, सेनिटाईजरको प्रयोग गरेर फेरी प्रयोग गर्ने गरेपनि आफ्ना कर्मचारी रिक्समा रहेको बताउनुभयो ।

यता जुम्लाको हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर रावतका अनुसार स्वास्थ्यकर्मी हेल्थ डेक्समा खटाईएको छ । तर आधुनिक थर्मामिटर ईन्फ्रेड थर्र्माेमिटर नहुदा त्रासले हैरान बनाएको छ । हिमा गाउँपालिका मुगु र सिञ्जा क्षेत्रको मुलद्धारमा पर्छ । धेरै जसो मानिसहरु भारतबाट आईरहेका छन् तर साधन नपाउदा हैरान भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले धेरै प्रयास गरेपनि ईन्फ्रेड थर्मोटिर नपाईएको जानकारी लिनुभयो । उहाँका अनुसार जिल्लामा जम्मा दुईवटा आएकोमा एक नाग्मा हेल्थ डेक्स र अर्को गुठिचौर हेल्थ डेक्सलाई उपलब्ध गराएको र अन्यमा नपाउदा समस्या भएको छ । चीनबाट आएको सामाग्रीमा आशा गरेका थियौ तर जुम्लामा नआई पुगेको उहाँले गुनासो गर्नुभयो । स्वास्थ्य प्रमुख सापकोटाका अनुसार जिल्लाका ३० वटै स्वास्थ्य सस्थामा एक एक वटा प्रदान गर्न सकिएको भए हामी सुरक्षित हुने बताउनुभयो । यसैगरी जिल्लाको अन्य स्थानीय तहहरुले पनि खरिद गर्न खोज्दा नपाईएको जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले थर्मोमिटरनै अभाव हुनु दुर्भाग्य भएको भन्दै पहल गरिने बताउनुभयो । विचरा स्वास्थ्यकर्मीलाई नत पिपिई छ नत राम्रो थर्मोमिटर सवै मिलेर झिकाउनु पर्ने उहाँले थप्नुभयो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने केही पिपिई ल्याईएको हुदा सजिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई सजिलो भएको रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । तर प्रतिष्ठानमा पनि थर्मोस्क्यान आईपुगेका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?