logo
२०८१ मंसिर ११ मंगलवार



कोरोना भाइरस विरुद्ध सुरक्षात्मक सामाग्री हस्तान्तरण

खुला |


कोरोना भाइरस विरुद्ध सुरक्षात्मक सामाग्री हस्तान्तरण


सञ्जय कुमार मिश्र
गौर,चैत २१ गते । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामकालागि रौतहट जिल्लामा गैरसरकारी संस्थाले पनि सक्रियता जनाएको छ ।विश्वमै महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण रोकथाम तथा यसबाट सर्वसाधारलाइृ जोगाउने उद्येश्यले आक्सफामको सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल रौतहटले स्थानिय प्रसाशनलाई कोरोना भाईरस विरुद्धको सुरक्षात्मक सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाईरस विरुद्ध सुरक्षात्मक सामाग्री अन्तर्गत लाइफवाय साबुन ५हजार पिस ,मास्क ४सय ,सेन्टिलाइजर १५० तथा हाथ धुनका लागि नल सहितको बाल्टिन ६०० थान जिल्ला विपद व्यवस्थापन समितिमा उपलब्ध गराइएको जिल्ला प्रसाशन कार्यालय रौतहटका सुब्बा रामनरेश साहले बताउनुभयो ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखापरेकाले यसको जोखिमबाट सर्वसाधारणलई बचाउने उद्येश्यले केन्द्रले पहिलो चरण अन्तर्गत साबुन ,मास्क ,सेनिटलाइजर ,बाल्टिन लगायतका सामाग्री स्थानिय प्रसाशनलाई हस्तान्तरण गरिएको ग्रामिण विकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसैनले बताउनुभयो ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागि सुरक्षात्मक सामाग्री लगायत सामाग्री सर्वसाधारणलाई राहत हुने उद्येश्यले जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराइने अध्यक्ष हुसैनले जानकारी दिनुभयो ।

यसैबिच कोभिड १९को संक्रमण फैलिन नदिन उद्येश्यले स्थानिय प्रसाशनले गरेको लकडाउनको ११ औ दिन पनि रौतहट जिल्लाको शहरदेखि ग्रामिण भेग सुनसान रहेको छ ।
लकडाउनको पालना शहरिया क्षेत्र भन्दा ग्रामिण भेगमा अहिले पनि कमी देखिएपछि स्थानिय निकायका जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरु सर्वसाधारणलाई यसको पालना तर्फ जागरुकता देखाएको पाइएको छ ।

नेपालमा कोरोना भाईरसको संक्रमण फेला परेपछि सरकारको नेपाल लाकआउट गर्ने निर्णय अनुसार जिल्ला प्रसाशन कार्यालय रौतहटले चैत ११गते देखि जिल्ला भरि लकडाउन गर्ने आदेश जारी गरेका थिए ।

जिल्ला प्रसाशन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणकालागि नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नकालागि जिल्ला भरि चैत ११गते अत्यावश्यक कार्य बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आदेश जारी गरेका थिए ।

कोभिड १९ नियन्त्रण तथा रोकथामकालािग स्थानिय प्रसाशनको आदेश अवहेलना अथवा वर्खिलाप हुने गरी कार्य गरेमा प्रचलित कानून अनुसार कार्यवाही हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?