logo
२०८१ मंसिर ११ मंगलवार



घरघरै पुगेर ज्वरो जाँच

खुला |


घरघरै पुगेर ज्वरो जाँच


शिवकुमार काशी
हेटौँडा, चैत २१ गते । आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको मनहरी गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि गाउँपालिकाले ९ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको नामावली संकलन गरी सम्बन्धित स्वास्थ्य संस्थामा ज्वरो जाँचका लागि यसअघि अनुरोध गरेको थियो ।

तर, लक डाउनका कारण सबारी सुविधा नभएपछि घरघरै पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको स्वास्थ्य जाँच टोली विभिन्न वडाहरुमा पुगिरहेका छन् । वडामा पुगेको स्वास्थ्य जाँच टोलीले विदेशबाट फर्केकाहरुलाई होम क्वारेन्टाइनमा बस्न र आवश्यक परामर्श दिइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकामा १५० भन्दा बढी व्यक्तिहरु पछिल्ला एक महिनायता विदेशबाट फर्केको पाइएको बताइएको छ ।

साथै विदेशबाट फर्किएका व्यक्तिको घरमा रातो चिन्ह लगाउने कार्य पनि गरिएको छ । गाउँपालिकाले भीडभाड हुने ९ वटै वडाका चोक चौतारा तथा सडक आसपासका क्षेत्रमा किटनाशक स्प्रे समेत गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणविरुद्ध परिचालनका लागि २५ देखि ५० प्रतिशत अतिरिक्त भत्ता तथा आवासीय सुविधा दिएर १५ जना स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?