logo
२०८१ मंसिर ११ मंगलवार



लकडाउनले तरकारी किसान मर्कामा

खुला |


लकडाउनले तरकारी किसान मर्कामा


मुरारी अधिकारी
धादिङ, चैत्र २२ गते । बेनीघाट चरौंदीको तरकारी संकलन केन्द्र यति खेर सुनसान छ । बाह्रै महिना दैनिक ४० देखि ५० टन सम्म ताजा तरकारी काठमाडौं, पोखरा, बुटवल लगायत प्रमुख शहरहरुमा पठाउने यो संकलन केन्द्रमा कोरोना भाइरस सन्त्रासले भएको लकडाउन पछि दैनिक ५ टन तरकारी पनि संकलन हुदैन । संकलन गरिएको तरकारी फाटफुटरुपले सस्तोमा वेच्नुपरेको छ । यो देशभरमा १८ वटा ठुला ताजा तरकारी संकलन केन्द्र मध्येको एक केन्द्र हो ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि देशभर लकडाउनको प्रत्यक्ष प्रभाव भने धादिङका बेमौषमी तरकारी उत्पादन गर्ने कृषकहरु मा परेकोछ । कोरोना नियन्त्रणका लागि मंगलबारदेखि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तुहरू दूध, फलफूल, तरकारीलगायतको आपूर्ति प्रभावित भएको हो । चरौंदी स्थित कृषक सुधार फलफूल तथा तरकारी संकलन केन्द्रका बजार व्यवस्थापक रेशम उप्रेतीलेका अनुसार गत वर्षका यिनै महिना एक सयरुपैंया पर्ने हरियो काक्रो, हरियो मटर कोसा, लौका अहिले ३० देखि ४० रुपैंयामा पनि धौ विक्री हुन्थ्यो । उप्रेतीका अनुसार संकलन केन्द्रमा ठुला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परे पछि किसानहरुले गाउँबस्तीवाटै आफै साना जीपमा लिएर पोखरा काठमाण्डौं लिएर गए पनि भाउ नपाएर तरकारी छोडेर आउछन्’ ।

बिनाअनुमति ढुवानीका साधनहरू रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउँदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । बेनीघाट स्थित गणेश सहकारी केन्द्रका केशवराज नहर्की कुन समयमा वा दिनभर नै थोक तथा खुद्रा पसल खोल्ने हो भन्ने अन्यौल छ, बिनापास गुड्न नपाएको र पास बनाउन समन्वयको अभाव हुँदा अन्योलमा छौं । उपभोक्ताले पनि तीन–चार दिन पुग्ने मात्रै स्टक गर्न सक्ने भएकोले थप सहजीकरण नभएमा भने तरकारी तथा फलफुल आपूर्तिमा समस्या आउने उहाँको भनाइ छ । जिल्लाका ठुला तरकमारी संकलन केन्द्रहरु चरौंदी, विशालटार, मलेखु, गजुरी, आदमघाट, धार्के, थाक्रे लगायतका तरकारी संकलन केन्द्रहरु यति खेर सुनसान छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?