logo
२०८१ मंसिर ११ मंगलवार



कतारबाट आएका एकसहित नौ जनामा नेगेटिभ

खुला |


कतारबाट आएका एकसहित नौ जनामा नेगेटिभ


धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २२ गते । सप्तरीको क्वारेन्टाइनमा रहेको नौ जनाको कोरोना भाइरस (कोभिड १९)को आशंकामा गरिएको स्वाब परिक्षण नेगेटिभ भएको छ ।
गत चैत ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल फर्केका एक जना र भारतको विभिन्न स्थानको जमातबाट फर्किएका आठ जना गरी नौ जनाको स्वाब परिक्षणको प्रतिवेदन नेगेटिभ भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत बिहीबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले उनीहरुको नमूना संकलन गरी परीक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । गत चैत ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल फर्केका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका एक र भारतको विभिन्न स्थानबाट जमातमा सहभागी भइ घर फर्किएका राजविराज नगरपालिकाका आठ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएकोमा सबैको नतिजाको प्रतिवेदनमा नेगेटिभ भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनीहरु जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका छन । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजितकुमार झाको नेतृत्वमा उनीहरुको स्वाव परीक्षण नमूना संकलन गरिएको थियो ।

कतारबाट एउटै फ्लाइटमा काठमाडौं आएका तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । नेपालमा हालसम्म छ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये पाँच जना उपचाररत छन् भने एक जना निको भइसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?