गाइृघाट समाचारदाता
गाईघाट,चैत २२ गते । उदयपुरका चारवटा गाउँपालिकामध्य रौतामाई गाउँपालिकाले पहिलोपटक राहत वितरण सुरु गरेको छ । दिनभर मजदुरी गरी विहान वेलुकाको छाक टार्दै आएका ज्याला मजदुरी गर्ने विपन्न परिवारको अवश्था नाजुक बन्दै गएपछि सो गाउँपालिकाले राहत वितरण सुरु गरेको हो ।
दैनिक ज्याला गरी खाने मजदुरमा भोकमारीको अवश्था सृजना हुन थालेपछि तत्काल गर्जो टार्न आपतकालिक कोष स्थापना गरी राहत वितरण गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले मानिसको ज्यान वचाउनु पालिकाको पहिलो कर्तव्य भएकाले अन्य सबै कामहरुलाई थाति राखेर वास्तविक मजदुरको एकिन गरी राहत संकलन र वितरणलाई तिव्रता दिएको बताउनुभयो ।
पालिकाले वडानं ७ स्थित गुराँसे, मुर्कची, खानीटार, पुवाँरे, राजाबास, शिखर, डहर, कोल्वोटे, तिलवारी, धाङ्ले लगायतका दुईसय ३१ परिवारलाई राहतप्याकेज अन्र्तगत प्रतिघर चामल बीस केजी, दाल दुई केजी, चुनदुइ केजी, तेल एक लिटर र हातधुने सावुन चारवटाका दरले वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
ध्यक्ष खड्काका अनुसार गाउँपालिकाको वडानं १ मा २३ घर, वडानं २ मा १४, वडानं ३ मा १२, ४ नम्बरमा ३५, वडानं ५ मा एकसय, वडानं ६ मा चार, ७ नम्बरमा दुईसय ३१ र वडानं ८ मा ३५ गरी चारसय ३५ घरधुरी अति विपन्न र ज्यालामजदुरी गरी गुजारा चलाउँदै आउनुभएकोमा लक डाउनबाट उहाँहरुको ज्याला मजदुरी गर्ने ठाउँ पनि बन्द भएको हुदा उहाँहरुलाई ाहत वितरण गरिएको हो ।