प्रकाशचन्द्र भट्टराई
दमौली, चैत २२ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ले गाउँमा उत्पादित कृषि उपजहरु खरिद गरेर गाउँका जनतालाई निशुल्क वितरण गर्न थालेको छ । लकडाउनका कारण सवारी साधन नचलेको र व्यवसाय बन्द भएपछि गाउँमा उत्पादित कृषि उपजहरु खेर जान थालेपछि वडा कार्यालयले नै खरिद गरेर जनतालाई वितरण गरिएको वडा अध्यक्ष मनराज गुरुङले बताउनु भयो ।
गाउँमा उत्पादित तरकारी, दुध र अन्डा त्यसै खेर जान नदिन वडाले नै ती कृषि उपजहरु खरिद गरी गाउँमा बिक्री वितरण गर्न थालिएको अध्यक्ष गुरुङले बताउनु भयो । लकडाउनको कारण कुनै पनि कृषकलाई व्यवसायीक रुपमा घाटामा जान नदिन र अन्य नागरिकलाई राहत पुगोस भन्ने मनसायले ‘आफू पनि बचौ, अरुलाई पनि बचाऔं’ भन्ने अभियान अन्र्तगत वडाले नै गाउँमा उत्पादित कृषकको उपज खरिद गरी नागरिकलाई वितरण गरिएको उहाँको भनाई छ ।
कृषि उपजहरु हरेक साँझ संकलन गरि वडाका सबै टोल÷टोलमा पु¥याई टोलवासीलाई वितरण गर्दै आएको अध्यक्ष गुरुङले बताउनु भयो । कृषि उपजको साथमा हरेक घरलाई हात धुनकोलागि डिटोल सावुन पनि वितरण गरिएको छ । ११ टोल रहेको सो वडामा अहिलेसम्म ६ वटा टोलमा कृषि उपजहरु निशुल्क वितरण गरिसकिएको र अव पाँच वटा टोलमा वितरण गर्न बाँकी रहेको हुँदा टि टोलमा हरेक दिन साँझ पालैपालो वितरण गरिने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।
कृषि उपजहरु टोलसम्म पु¥याउने ढुवानीको व्यवस्था पनि वडा कार्यालयले नै गर्दै आएको छ । लकडाउनको कारण खेर जाने अवस्थामा पुगेको कृषि उपजहरु वडाले नै खरिद गरेर निशुल्क वितरणको व्यवस्था मिलाएपछि कृषक तथा नागरिकहरु निकै खुसी भएको नगरपालिकाका कार्यपालिका सदस्य भरत लामगादेले बताउनु भयो ।