logo
२०८१ मंसिर ११ मंगलवार



लकडाउन पालनाकालागि सामाग्रीको होम डिलेभरी सेवा

खुला |


लकडाउन पालनाकालागि सामाग्रीको होम डिलेभरी सेवा



सञ्जय कुमार मिश्र
गौर,चैत २२ गते । कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न स्थानिय प्रसाशनले गरेको लाकडाउनको पूर्णरुपले पालनामा अत्यावश्यक वस्तुको होम डिलेभरी सेवाले अहम भूमिका निर्वाह गरिरहेको छ ।

लकडाउनको शुरुको समयमा अत्यावश्यक सामाग्री खरिद गर्नकालागि बजारमा प्रसाशनले छुट दिएपछि पसलमा लाग्ने भिड तथा सामाग्री खरिदको बहानामा सर्वसाधारणले घुमफिर गर्ने गरेका कारण संक्रमण फैलिन सक्ने खतराको मध्यनजर राख्दै होम डिलेभरी सेवा संचालन गरेपछि लाकडाउनको पालनामा यसको अहम भूमिका रहेको हो । लकडाउनको समयमा आवश्यकता अनुसार सामाग्रीको लागि उपलब्ध गराइएको पसलमा फोन गरेर आर्डर गर्दा सिधै घरसम्म खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीको होम डिलेभरी पछि सर्वसाधारण पनि उत्साहित रहेको स्थानिय राजु पटेलले बताउनुभयो ।

लकडाउनलाई पूर्ण रुपले पालना गराउन स्थानिय प्रसाशनको पहलमा उद्योग वाणिज्य संघ रौतहटले अत्यावश्यक वस्तु चामल ,दाल ,चिनी ,नुन ,दुध ,तरकारी ,खाना पकाउने ग्यास लगायतका खाद्यान्न घरघर सम्म पूर्याउने व्यवस्थाले उपभोक्तालाई निकै नै फाइदामुलक रहेको गृहणी सविता देवीले बताईन ।यसले लाकडाउनको पूर्णपालना गरी सरकारको कोभिड १९ नियन्त्रण तथा रोकथामकालागि प्रभावकारी कदम रहेको समेत उनी बताईन ।

रौतहट उद्योग वाणिज्य संघ रौतहटले गौर नगरभित्र अत्यावश्यक खाद्यान्न उपभोक्ताको घरसम्ममा पुर्यार्इृ कोरोना भाईरसको संक्रमणबाट बच्न तथा बचाउन उद्येश्यले होम डिलिभरी सेवा संचालन गरेका थिए ।

कोरोना भाईरसको संक्रमणको रोकथाम तथा नियन्त्रणकालागि नेपाल सरकारको लाकडाउनमा उपभोक्तालाई फोन मार्फत खाद्यान्न, खाना पकाउने ग्यास लगायत अत्यावश्यक सामाग्री उपभोक्ताको घरमा घरमा पुर्याइ डिलिभरी पश्चात फर्मको कर्मचारीले सामानमा अंकित मुल्य अनुसार भुक्तानी लिने व्यवस्थाले लाकडाउनको पूर्ण पालनामा सहयोग हुने उद्येश्यले होम डिलेभरी सेवा संचालन गरिएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले बताउनुभयो ।

होम डिलेभरीकालागि गौर स्थित १०वटा किराना पसल ,एउटा चामल ,दाल, आँटा ,तथा १८वटा विभिन्न कम्पनीका ग्यास बिक्रेतालाई सेवा प्रवाह गर्न व्यवस्था मिलाइएको र फोन मार्फत आर्डर आएपछि उपभोक्ताको घरमा गएर खाद्यान्न ,किराना ,ग्यास ,तरकारी लगायतका सामाग्री पुर्याउने कार्य भैईरहेको अध्यक्ष जयसवालले जानकारी दिनुभयो ।

होम डिलेभरी सेवाले लाकडाउनको समयमा सर्वसाधारणलाइृ घरमै फोन मार्फत सामाग्री उपलब्ध भएपछि बजारमा अत्यावश्यक सामाग्रीको बहानामा लाग्ने भिडभाडमा कमी आएको तथा संक्रमण रोकथाम र नियन्त्रणमा यसको ठूलो भूमिका हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?