logo
२०८१ मंसिर ११ मंगलवार



कर्णाली प्रदेश सरकारले हेलीकप्टरको व्यवस्था गर्छ : मन्त्री रावल

खुला |


कर्णाली प्रदेश सरकारले हेलीकप्टरको व्यवस्था गर्छ : मन्त्री रावल


प्रतीक शर्मा
सल्यान , चैत २२ गते । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई कोरोनामुक्त बनाउनका लागि हेलिकप्टरको व्यवस्था गर्न लागेको जानकारी दिनुभएको छ । कोरोनाको संक्रमण देखिन साथ सोही स्थानमा बिशेषज्ञ सहितको स्वास्थ्यकर्मी पठाउनका लागि हेलिकप्टरको व्यवस्था गरेको मन्त्री रावलले वताउनुभयो ।

सल्यानको सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले कर्णाली प्रदेश सरकारले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिनुभयो । उहाका अनुसार प्रदेश सरकारले जहाँ कोरोनाको संक्रमण देखिन्छ त्यहि ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्वुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टर मार्फत बिशेषज्ञ सहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएको छ ।

मन्त्री रावलले कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा रहेका अस्पतालहरुको स्तरोन्नतीको लागि ५०÷५० लाख रुपैया उपलव्ध गराएको वताउनुभयो । उहाले भन्नुभयो “हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु सवै अस्पतालहरुमा पठाइसकेका छौ अब आवश्यकता र मागका आधारमा सबै पालिकाहरुमा उपलव्ध गराउने योजना छ ।

यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले रहात प्याकेज घोषणा गर्न लागेको जानकारी वताउनुभयो । उहाका अनुसार देश लकडाउन भएको कारणले विपन्न, ज्याला मजदुरी गरेर खानेहरुका लागि प्रदेश सरकारले रहात प्याकेज घोषणा गर्न लागेको छ , यो जनसंख्या, अशक्त तथा ज्यालादारीको आधारमा पालिकाहरुलाई उपलव्ध गराइनेछ,।

मन्त्री ज्वालाले कर्णाली प्रदेशमा अहिले सम्म कोरोना संक्रमितहरु नेभेटिएको भएपनि यसबाट सर्तक रहन र उपचारका लागि सरकारले पूर्वतयारी गरेको वताउनुभयो । उहाले भन्नुभयो अनुसार कोरोनासंग लड्नका लागि हामीले सबै तयारी पुरा गरेका छौ, सरकार तपाइहरुको साथमा छ, नआत्तिएर सतर्कताका साथ जिम्मेवारी पुरा गर्नुस्,।

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा लकडाउनको पुर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । अहिले सवै स्थानीय तहहरुले विपन्नहरुको तथ्याकं संकलन गरी खाद्यान्न वितरण अगाडी वढाइरकेको जानकारी दिदै सल्यानमा अहिले सम्म कोरोना संक्रमण नदेखिएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?