मुरारी अधिकारी
धादिङ, चैत्र २३ गते । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि ज्वालामुखी गाउँपालिकाले पालिकाले जनतालाई सुसूचित गर्ने र राहतका कार्यक्रमलाई अगाडि बढाएको छ ।
पालिकाको विपत ब्यवस्थापन कोषमा करिव २९ लाख रकम रहेको र प्रदेश सरकारले पनि कोरोना भाइरसको रोकथामको लागि भनेर थप १० लाख उपलब्ध गराएकाले सोही कोषबाट खर्च गर्ने गरि बढी जोखिमका क्षेत्रहरुका संक्रमण हुन नदिन कीटनाशक विषादी छर्कने, सावुनपानीले हात धुने ब्यवस्था मिलाउने जस्ता कामहरुका गरिरहेको पालिका अध्यक्ष विनोद तिमल्सेनाले बताउनु भयो । भाइरस संक्रमणको जोखिमलाई कम गर्नको लागि नेपाल सरकारले देशैभरी लकडाउन गरेकाले लकडाउनले असर गरिरहेका पालिकाभित्रका मजदुरहरुको राहत लागि प्योकजमा काम गर्ने तयारी भइरहेको पालिका अध्यक्ष विनोद तिमल्सेनाले जानकारी दिनुभयो ।
त्यस्तै पालिका भित्रका स्वास्थ्य कर्मीहरुको लागि ब्यक्तिग सुरक्षा सामाग्रीहरु खदिर गरिएको र शंकास्पद बिरामीहरुलाइ क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाइएको छ । पालिकाभित्र विभिन्न जिल्लाबाट काम गर्न आएका मजदुरहरु गाउँपालिकाको सम्पर्कमा रहेकाले उनीहरुलाई सहज तरिकाले घर फर्काउने या गाउँपालिकाले ब्यवस्थापन गरेर राख्ने भन्ने विषयमा छलफल भइरहेको समेत अध्यक्ष तिमिल्सेनाले बताउनु भयो ।