मधुसुधन तिमल्सिना
काभ्रे, चैत २३ गते । कोरोना भाइरसको आंशकामा धुलिखेल अस्पतालमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । १५ दिनको अवधीमा आसोलेसनमा भर्ना भएका चार जना कै रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारका अनुसार काभ्रेका तीन र सिन्धुपलाञ्चोकका एक जना कोरोनाको आंशकामा आइसोलेसनमा भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले भर्ना भएका चार जना नै डिस्चार्ज भइसकेको जानकारी दिनुभयो । १५ दिनको अवधीमा चार जना धुलिखेल अस्पतालमा भर्ना हुनुभएको थियो तर सबै जना कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन । काभ्रे जिल्लामा धुलिखेल अस्पतालमा आठ बेड र शिरमेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन वाड रहेको छ । त्यस्तै तीन सय क्वारेन्टाइन वेड निर्माण भएको डा. झाले जानकारी दिनुभयो ।