डोटी समाचारदाता
डोटी, चैत २३ गते । डोटीको जिल्लाका भारतबाट फर्किएका र स्थानीय तहहरुका क्वारेन्टाइनमा राखिएक सबै ब्यक्तिहरुको कोराना सँक्रमण भए नभएको एकिन गर्नका लागि अनिवार्य स्वाब परीक्षण हुन पर्ने माग गरिन थालेको छ । भारतमा बाट फर्किएका कैलालीको एक जना ब्यक्तिमा कोरोना सँक्रमण भएको पत्ता लागे सँगै गाउँमा त्रास फैलिएको भन्दै क्वारेन्टाइनमा भएका र भारतबाट फर्किएका सबैको स्वाब परीक्षण गर्ने ब्यबस्था गर्नु पर्ने माग गरिएको हो ।
कैलालीमा फेला परेका कोराना सँक्रमित सँगै भारतबाट चैत ११ गते डोटीका २ सय २४ जना पनि थिए । सँक्रमणको लक्षण देखिन १४ दिन भन्दा बढी समय समेत लाग्न सक्ने भन्दै क्वारेन्टाइनमा बसेकै अवधीमा सबैको सँक्रमण भए नभएको एकिन हुनु पर्ने बताईएको छ । डोटीको बोगटान गाउँपालिकाले यस अघि नै भारतबाट आउने सबैको कोरोना सँक्रमण भए नभएको परिक्षण गर्न सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयलाइ अनुरोध समेत गरि सकेको छ ।
जिल्लाका अन्य स्थानीय तहहरुले समेत क्वारेन्टाइनमा राखेर मात्र कोरोना सँक्रमण रोकथाम प्रभावकारी नहुने भन्दै संक्रमण भए नभएको एकिन गर्नका लागि स्वाब परीक्षण बढाउनका लागि पहल अगाढी बढाउनु पर्ने कुरामा जोड दिएका छन् । सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले भन्नुभयो,–‘भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ,क्वारेन्टाइनमा राखेकै अवस्थामा स्वाँव परिक्षण गर्ने ब्यवस्था गर्न सके सँक्रमण रोकथाममा प्रभावकारी हुन सक्छ यसका लागि प्रदेश सरकारले सहयोग गर्नु पर्यो ।’
डोटी जिल्लाका बिभिन्न स्थानमा २४ वटा क्वारेन्टाइनमा ३ सय ९४ जनालाई राखिएको छ ।