logo
२०८१ मंसिर ११ मंगलवार



विपन्न नागरिकका लागि दमौलीमा खानाको व्यवस्था

खुला |


विपन्न नागरिकका लागि दमौलीमा खानाको व्यवस्था


अमरराज नहकी
तनहुँ, चैत्र २३ गते । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको अगुवाईमा असाह्य तथा गरिवलाई दमौलीमा खानाको व्यवस्था गरिएको छ । खानाको लागि तरकारी तथा खाद्यान्न व्यास नगरपालिका–३ तरकारी लाईन स्थित तरकारी, खाद्यान्न तथा माछा एवं मासु पसल सञ्चालन गरेका व्यापारीले मद्धत गरिरहेका छन् ।

कोरोना भाईरस कोभिड– १९को ले गर्दा गरिएको लकडाउनले गर्दा कोही पनि भोकै बस्न नपरोस् भनेर सामाजिक दुरी कायम गरि खानाको व्यवस्था गरिएको हो । रोग नसरोस् भन्नको लागि सामाजिक दुरीलाई गोलो घेरा गरी बस्ने व्यवस्था मिलाईएको छ ।

दैनिक ज्यालादारीमा काम गरेर खाने, मागेर खाने तथा गरिव र असाह्य एवं जेष्ठ नागरिक भोकै बस्न नपरोस् भनेर शनिबारबाट विहानको खानाको व्यवस्था गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले जानकारी दिनुभयो । हाललाई तरकारी लाईनका व्यापारीहरुको सहयोगमा विहानको एक छाक खानाको व्यवस्था मात्रै गरिएको र व्यास नगरपालिकासँग समन्वय गरेर बेलुकाको खानाको व्यवस्था गर्न पनि पहल कदमी भईरहेको इकाईले जनाएको छ । इकाईले बालप्रसाद शाही गणेशको संयोजकत्वमा खाना व्यवस्थापन समिति गठन गरी सडकमै खाना तथा तरकारी पकाएर जारको खानेपानीको समेत प्रबन्ध मिलाईको इकाईका सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

निशुल्क खाना तथा पानीको व्यवस्था भएपछि भोकै बसेकाहरु खुसी भएका छन् । व्यास नगरपालिका–१४ केशवटार घर भई हाल दमौलीमा भारी बोक्ने काम गर्दै आउनु भएका ६९ वर्षिय चामे दमाईले पैसा नहुँदा भोकै बस्नु पर्ने अवस्था आएकोमा शनिबारबाट खाना पाएको बताउनुभयो । ५० वर्ष अघि देखि दमौलीमा भारी बोक्ने काम गरेको भारी बोक्ने काम नपाउँदा पैसाको अभाव भएको उहाँ बताउनुुु हुन्छ ।

उहाँको जस्तै समस्यामा पर्नु भएका भवन निमार्ण क्षेत्रमा काम गर्ने ५९ वर्षिय नरेश नेपाली पनि खुसी हुनु भएको छ । रिसिङ गाउँपालिकाको काहुँशिवपुर घर भई हाल दमौलीमा बस्दै आउनु भएका नेपालीले भन्नुभयो–‘बेलुका एक वटा चाउचाउ किनेर केही भोक मेटाएँ खानाको व्यवस्था भएकाले पेटभरी खान पाईयो शास धान्ने उपाए भयो ।’ घरको धन्दा छाडेर खाना बनाउन मद्धत गर्नु आउनु भएका प्रमिला शाहीले दुःखी र गरीवलाई मद्धत गर्न पाउँदा मनमा आनन्द मिलेको बताउनुभयो । लकडाउन गर्दा घरमा धेरे काम छैन त्यसैले यता मद्धत गर्न आएको हुँ, प्रमिलाले भन्नुभयो,सहयोगको आवश्यकता भनेको त दुःख पर्दा त होनी ।’ यस्तै धारणा खाना बाड्ने, पकाउने काममा खटिईरहनु भएकी गोपिना श्रेष्ठको पनि छ ।

‘सडकमा जिन्दगी बिताउनेहरु पनि दमौलीमा थुप्रै देखेकाले यति बेला उनिहरुलाई सहयोगको खाँचो छ भनेर मद्धत गरेको हुँ ।’ गोपिनाले भन्नुभयो । लक डाउन अवधिभर नै निशुल्क खानाको व्यवस्था गरिने इकाईले जनाएको छ । कोरोना सर्ने डरले सडकमा बस्नेहरु भोकै बस्नु पर्ने अवस्था आएकोले उनिहरुलाई सहयोग गर्नु पर्छ भनेर मद्धत गरिरहेको तरकारी लाईनमा गुप्ता किराना पसल सञ्चालन गर्नु भएका परमेश्वर गुुप्ताले बताउनुभयो । ‘खाद्यान्नको समान बोक्ने गाडी आईरहेकोले खाद्यान्नको अभाव नभएकोले लक डाउन अवधिभर हामी मद्धत पु¥याउँछौं । ’ गुप्ताले भन्नुभयो । यस्तै धारणा सोही ठाउँमा व्यापार गर्नुहुने राजकुमार किनारा पसलका सञ्चालक रुदल शाहको पनि छ । ‘मन्दिरका भगवानले केही बोल्दैनन् तर खाना नपाएका सहयोग गर्दा आशिष दिन्छन् साक्षात भगवान यिनै हुन् ।’ शाहले भन्नुभयो । गुप्ता र शाह दुवैले चामल तथा मरमशला सहयोग गर्नु भएको छ । शनिबार ८० जना र आइतबार एक सय जनाले खाना खाएको कुक काम गर्नुृ भएका बाबुचा खड्गीले जानकारी दिनुभयो । ‘आफ्नो माछा र मासु पसल बन्द रहेको र पूmर्सदको समयको सदुपयोग गर्न मद्धत गर्न आएको खड्गी बताउनुहुन्छ ।
बजार इकाईका सभापति श्रेष्ठले अप्ठ्रोमा परेका व्यक्तिहरुसँगै खाना खाने गर्नु भएको छ । ‘मानिस सबै समान हुन् धनी र गरीव भनेर भेदभाव गर्नुहुँदैन भन्ने सन्देश दिनको लागि उनिहरुसँगै खाना खाएको हुँ । सभापति श्रेष्ठले भन्नुभयो । इकाईले खाना खुवाउने कार्य थालनी गरेकोमा सबैले प्रशंशा गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?