logo
२०८१ मंसिर ११ मंगलवार



दिल्ली मरकजबाट फर्किएका बाँकेका तीन जनाको कोरोना रिपोर्ट नगेटिभ

खुला |


दिल्ली मरकजबाट फर्किएका बाँकेका तीन जनाको कोरोना रिपोर्ट नगेटिभ


सिराज खान ।
नेपालगञ्ज, चैत २३ गते । भारतको राजधानी दिल्लीस्थित मुस्लिम समुदायको तब्लीगी जमातको धार्मिक कार्यक्रममा सहभागि भएका नेपालगञ्जका तीन जनाको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।

दिल्लीको निजामुद्दिनस्थित तब्लीगी जमातको मरकजमा सहभागि भएकाहरु मध्ये धेरैलाई कोरोना संक्रमण देखिएको बेला नेपालगञ्जबाट गएका तीन जनामै कोरोना नभएको पुष्टि भएको नेपालगञ्जस्थित शिक्षण अस्पतालले जनाएको छ ।
जमातको कार्यक्रममा सहभागि हुन गएका बिभिन्न देशका नागरिक मध्ये नेपालगञ्जका तीन जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको नेपालगञ्ज मेडिकल कलेजकासहनिर्देशक डा. रोमन किदवाईले जानकारी दिनुभयो ।

डा.किदवाईका अनुसार, उनीहरुलाई नेपालगञ्ज शिक्षण अस्पतालको आइसोलेशन कक्षमा राखेर उपचार गरिएको थियो । उनिहरु दिल्लीबाट २२ दिन अघि नेपालगञ्ज फर्किएका थिए ।
मरकजको कार्यक्रममा सहभागि भै दिल्लीबाट आएकाहरुमा कसैमा कोरोनाको लक्षण थिएन भने सामान्य ज्वरो समेत नभएको सो अस्पतालका वरिष्ठ फिजिसियन डा. आसिम किदवाईले बताउनु भयो ।  फेरीपनि हामीले तत्कालै उहाँहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायौ र अहिले नतिजा नेगेटिभ आएको छ ।’— डा. किदवाईले भन्नुभयो । नेपालगञ्ज शिक्षण अस्पतालले यि बाहेक अन्य २ वटा नूमना पनि परिक्षणका लागि पठाएको थियो । ती सबैको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

यसैविच स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जबाट दिल्ली मरकजको कार्यक्रममा गएकाहरुमा वडा नम्बर ३ एक्लैनी निवासी अनवर हुसैन सिद्दिकी र मोहम्मद समिर अन्स तथा वडा नम्बर ८ का जुबेर अहमद रहनु भएको थियो ।
उहाँहरु सबैको परिक्षण रिपोर्ट नगेटिभ आएको र फर्किएको २२ दिनभन्दा बढी भैसकेकोले उहाँहरुबाट कुनै जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?