logo
२०८१ मंसिर ११ मंगलवार



एचआइभी संक्रमितलाइ घरदैलोमा एआरभी औषधि

खुला |


एचआइभी संक्रमितलाइ घरदैलोमा एआरभी औषधि


डिलबहादुर सिंह
डोटी,चैत २४ गते । एचआइभीको संक्रमणमा परेका ब्यक्तिहरुले नियमित रुपमा एआरभी (एन्टी रेट्रो भाइरल) सेवन गर्नु पर्छ । डोटीका एचआइभी संक्रमितहरुले मासिक रुपमा आफुले सेवन गर्ने एआरभी लिन एचआइभी जिल्ला अस्पताल डोटीमा नै पुग्नुपर्ने हुन्छ । पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारी स्तरवाट लकडाउन गरिएसँगै नियमित रुपमा एआरभी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाइ समस्या हुने देखिए पछि घरदैलोमा नै गएर औषधि वितरण गर्ने ब्यवस्था गरिएको छ ।
जिल्ला अस्पताल डोटीमा एचआइभी संक्रमितहरुलाइ उपचार औषधी बितरणका लागि स्थापना गरिएको ‘एआरटी सेन्टर’ सँगको समन्वयमा एचआइभी संक्रमितहरुको उपचार तथा रोकथामको क्षेत्रमा कार्यरत गैरसकारी सस्थाहरुले एचआइभी सक्रमतिहरुलाइ घरदैलोमा नै गएर एआरभी औषधि बितरण गरेका छन् ।

एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) मा कार्यरत शर्मिला मलासीले भन्नुभयो, – ‘यस अघि मासिक रुपमा एचआइभी संक्रमितले जिल्ला अस्पतालमा आएर स्वास्थ्य परिक्षण गर्नुका साथै एक महिना सम्मको लागि पुग्नेगरि एरआरभी औषधि लिएर जाने गरेकोमा पछिल्लो समयमा लकडाउनका कारण एचआइभी संक्रमितलाइ नियमित औषधि लिनमा समस्या हुने देखि पछि घर दैलोमा नै गएर औषधि बितरण गर्ने ब्यवस्था गरिएको हो ।’

एआरभी औषधि बितरणका लागि एचआइभी सँक्रमितहरुका लागि समुदाय तथा घरदैलोमा आधारित सेवा दिदै आएको लागि गुराँस एकता समाजले समेत सहयोग गर्दै आएको छ । समुदाय तथा घरदैलोमा आधारित हेरचाह कार्यक्रम अन्तरग स्वास्थ्यकर्मीहरु सहित एचआइभी सँक्रमितलाइ नै पनि कर्मचारीका रुपमा परिचालन गर्ने गरिएको छ ।
औषधि बितरण कार्यका लागि खटिएका त्रिलोक बिक्रम ठकुल्लाका अनुसार दैनिक ५÷६ घण्टा सम्म पैदल हिडेर एचआइभी सक्रमितलाइ औषधी बितरण गरिएको छ । ठकुल्लाले भन्नुभयो,– ‘एचआइभी संक्रमित बिभिन्न ठाउँमा छरिएर रहेका छन्् एउटा घरबाट अर्को घर पुग्न दिनभरी पनि लाग्न सक्छ ।’

जिल्ला अस्पताल डोटीमा रहेको तथ्याक अनुसार डोटीमा हाल सम्म १ हजार १३ जनामा एचआइभीको सँक्रमण रहेको पाइएको छ । संक्रमित देखिएका मध्ये जिल्ला भरिका ५ सय ११ जनाले जिल्ला अस्पताल डोटीबाट नियमित रुपमा एआरभी औषधि सेवन गरिरहेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?