logo
२०८१ मंसिर ११ मंगलवार



लुकिछिपी छिर्ने क्रम नरोकिएपछि सीमानामा कडाई गरियो

खुला |


लुकिछिपी छिर्ने क्रम नरोकिएपछि सीमानामा कडाई गरियो



सिराज खान ।
नेपालगञ्ज, चैत २४ गते । कोरोना भाइरस भित्रिन नदिन नेपाल–भारत सीमाना पूर्ण रुपमा बन्द गरिएपनि साईड बाटोहरुबाट लुकिछिपी भारतबाट आउने क्रम नरोकिंदा सीमानामा सुरक्षाकर्मी बढाएर सुरक्षा कडा पारिएको छ ।
नाका बन्द भएपनि भारतबाट केही मानिसहरु लुकिछिपी छिरिरहेको सूचना आएकोले जिल्लाका सबै ठूला साना नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

यहाँस्थित नेपाल–भारतका मुख्य सीमा नाकामा मात्रै नभई चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरु आएको देखिएपछि सीमा नाकामा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो ।

‘भारतबाट अब हामी एक जना पनि नेपाल छिर्न दिँदैनौं, चोर बाटोबाट हुने आवागमनलाई पनि पूर्णरुपमा नियन्त्रण गर्न पहिले भएको जनशक्तिमा १२० जना थपेका छौं,’ प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो–‘खडैंचा र पानीट्यांकीको फरवार्ड बेशमा पनि जनशक्ति बढाएका छौं ।’
लकडाउन र सीमा नाकालाई पूर्णरुपमा कडाई गरिएको बताउँदै प्रजिअ खड्काले कसैलाई पनि छिर्न नदिन कडा निर्देशन दिइएको जानकारी दिनुभयो । सीमामा निगरानी बढाउन बाँकेमा रहेका

सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको छ । नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गंगापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैैैैैया बिओपी सहित खडँैचा र बढैैैैैया बिओपीको पानीट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो । विओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काउने एसपी अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?