logo
२०८१ मंसिर ११ मंगलवार



क्वारेन्टाइनमा बसेका दश जना खुसीका साथ घर फिर्ता

खुला |


क्वारेन्टाइनमा बसेका दश जना खुसीका साथ घर फिर्ता


हुम्ला समाचारदाता
सिमकोट चैत २५ गते । संभाबित कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहनु भएका दश जना चौध दिन बिताएर घर फर्कनु भएको छ । क्वारेन्टाइन अबधिमा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिए पछि चिकीत्सकहरुको सिफारिसमा उहाँहरु घर फिर्ती हुनु भएको हो ।

काम बिशेषले जिल्ला बाहिर गएकाहरु लकडाउन सुरु भएपछि पैदल नेपालगंज र सुर्खेतबाट हुम्ला आई पुग्नु भएकाहरु क्वारेन्टाइनमा बस्नु भएको र चौध दिन अबधिसम्म क्वारेन्टाइनमा बस्दा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकको सिफारिसमा घर फिर्ता गरिएको क्वारेन्टाइन ब्यबरुथापन उपसमितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकराी दत्तराज हमालले बताउन भयो । क्वारेन्टाइन अबधिमा उहाँहरु प्रत्यक्ष रुपमा चिकीत्सकको निगरानीमा रहनु भएको थियो ।

कोरोनाको कुने लक्षणबिनै क्वारेन्टाइनहरुमा छिमी लामा, धर्मानन्द लामा, नुर्बु लामा, कुन्साङ लामा, सोनाम लामा, तन्जिन फुन्जोक लामा, ठरिक लामा, सोनाम लामा, ठिलादोर्ची लामा र सरिता लामा हुनुहन्छ । क्वारेन्टाइनमा बस्दा कोरोनाको कुने लक्षण नदेखिएपछि उहाँहरु खुसीका साथ घर लाग्नु भएको थियो । उहाँहरु सबै जनाको टोली संगै सिमकोट पुगेको थियो । क्वारेन्टाइनमा बसेर घर फर्कने पहिलो टोली रहेको छ ।
क्वारेन्टाइनमा चौध दिन बसेर घर फिर्ता ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?