logo
२०८१ मंसिर ११ मंगलवार



सल्यानमा विपद ब्यवस्थापनका लागि चार करोड

खुला |


सल्यानमा विपद ब्यवस्थापनका लागि चार करोड


सल्यान समाचारदाता
सल्यान, चैत २६ गते । यहाँ विपद ब्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ४करोड ४२ लाख रकम विनियोजन गरिएको छ । यहाँ रहेका १० स्थानीय तहमा ४ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको हो । यस्तै प्रदेश सरकारले जिल्ला विपद ब्यवस्थापन समिमितलाई ५०लाख रुपैयाँ प्रदान गरेको छ ।

वर्षेनी जिल्ला मा हुने विभिन्न विपदवाट आईपर्ने समस्या समाधान र राहतका लागि रकम खर्च गर्न वजेट बिनियोजन गर्ने गरेको स्थानीय तहले जनाएका छन् । चालु वर्षका लागि विपद कोषमा विनियोज गरिएको बजेट यो वर्ष नोवेल कोरोना भाईरसवाट वच्न आवश्यक पर्ने काममा वजेट खर्च गरिएको स्थानीय तहले जनाएका छन् । क्वारेन्टाई निर्माण, सुरक्षाका समाग्री खरिद, राहत लगायतका लगायतमा खर्च गर्ने गरी रकम प्रयोग गरिने स्थानीय तहको भनाई छ ।

दार्मागाउँपालिकामा विपद कोषमा १ करोड ६लाख रुपैयाँ रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वजेटमा २० लाख रुपैयाँ विनियोजन गरेकोमा अहिले फेरी ८० लाख थप गरेको छ । दार्मागाउँपालिका अध्यक्ष निमवहादुर के.सीले गाउँपालिका भित्र कार्यरत स्थानीय तहका कर्मचारीले ६ लाख रकम कोष जम्मा गरेको बताउनुभयो । उहाका अनुसार कोरोना भाईरसवाट वच्न आवश्यक समाग्री खरिदका साथै अन्य काममा रकम खर्च गरिने छ ।

त्रिवेणी गाउँपालिकामा ४ लाख विपद रकम विनियोजन गरिएको छ । कोरोना भाईरसवाट वच्न आवश्यक पर्ने समाग्री खरिदका लागि मुक्ति ना थ वैक लुहाम ३ लाख उपलब्ध गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले विपदवाट वच्न र विपदवाट हुने जोखिम पश्चात आवश्यक पर्ने क्षेत्रमा रकम खर्च गर्न सकिने गरी अन्य विकास वजेट रकमान्तर गर्न सकिने बताउनुभयो । यस्तै वागचौर नगरपालिकामा २ करोड रुपैया, कुमाख गाउँपालिकामा १० लाख रुपैयाँ ,शारदा नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिद्धकुमाख गाउँपालिकाले ४ लाख रुपैया वनगाड कुपिण्डे नगरपालिका १० लाख रुपैया, कपुरकोट गाउँपालिकामा १० लाख रुपैयाँ र कालिमाटीमा गाउँपालिमा २० लाख रकम रुपैयाँ विनियोजन गरिएको छ ।

जिल्ला विपद ब्यस्थापन समितिमा कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । कोरोना भाईरस संक्रमण वाट वच्न प्रदेश सरकारले पठाएको रकम खर्च गर्न सकिने र त्यसका लागि समितिले निणर्य गर्नु पर्ने छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आर्थिक कारण जिल्ला प्रकोप रोकथाम समस्या नहुने बताउनुभयो । उहाका अनुसार स्थानीय तहमा रकम अभाव भएमा जिल्ला विपद ब्यवस्थापन समितिको निर्णय गरेर उपलब्ध गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?