logo
२०८१ मंसिर ११ मंगलवार



सिमावर्ती क्षेत्रमा शसस्त्र प्रहरीको अस्थायी पोष्ट

खुला |


सिमावर्ती क्षेत्रमा शसस्त्र प्रहरीको अस्थायी पोष्ट


प्रेम अधिकारी
पशुपतिनगर(इलाम) चैत्र २७ गते ।  कोरोना भाईरस(कोभिड–१९) पछिको लकडाउनको समयमा भारतबाट आउनेक्रम नरोकिएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रका सात स्थानमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरिएको छ ।

कोरोना भाईरसको संक्रमण भारतमा थप बढदै गए पछि लुकीछीपी नेपाल प्रवेश गर्ने र सिमानामा बिभिन्न अवैध गतिविधि बढ्ने भन्दै सिमानामा कडाई गर्न र त्यसलाई रोक्न शशस्त्र प्रहरीको सिमा पोष्ट स्थापना गरिएको हो ।

भारतसंग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समाल्बुङ्ग, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, माईजोगमाई गाउँपालिकाको मेघमा र सन्दकपुर गाउँपालिकाको जौबारीमा अस्थायी सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोसन श्रेष्ठले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले इलाम जिल्लाको ५२ किलोमिटर नेपाल– भारत खुल्ला सिमा नाकाको फाईदा उठाउदै भारतका बिभिन्न क्षेत्रबाट मानिसहरु आउने क्रम नरोकीए पछि सिमानामा प्रहरी परिचालन गरिएको बताउनु भयो । प्रहरी उपरीक्षक श्रेष्ठले भन्नु भयो ‘सिमानाकाबाट आएका मानिस क्वारेन्टाईनमा नगईदिए पछि जोखीम बढ्ने देखियो, यो त्रास नहटे सम्म सिमानामा उच्च निगरानी गर्छौ ।’

पशुपतिनगर र जौबारीमा प्रहरीले निगरानी बढाए पछि अन्य क्षेत्रबाट नेपाल आउने क्रम अझ बढे पछि सिमानामा थप सर्तकता अपनाईएको छ । स्थानीय तहका जनप्रतिनिधिले समेत सिमानामा निगरानी गर्दै आएका छन् । शुरक्षित स्थानको खोजीमा भारतमा काम गर्न , पढ्न गएका नेपाली , दोहोरो नागरिक्ताधारी र भारतीय नागरिक समेत आफन्त खोज्दै नेपाल आउन थालेपछि कोरोनाको जोखीम बढेको पाईएको छ ।

यसरी आएका मानिसहरु गाउँघरमा आएर क्वारेन्टाईनमा नबसी लुकेर बस्ने र कतिपय खुलमखुल्ला रुपमा घुमफीर गर्ने गरेका छन् । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले शसस्त्र प्रहरीको सिमा पोष्ट स्थापना भएपछि यस्ता अवान्छित गतिविधि रोक्न सहयोग पुग्ने बताउनु भयो ।
खुल्ला सिमानाका भएको र भौगोलीक बिकटता भएको क्षेत्रमा शसस्त्र प्रहरीले सुरक्षाको काम गर्दै आएको छ । रोङ गाउँपालिकाको मेची किनार देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलो मिटर क्षेत्रमा सिमा सुरक्षाको काम शसस्त्र प्रहरीले गर्दै आएको छ ।

शसस्त्र प्रहरी बल पशुपतिनगर(बी.ओ.पी.)का इन्सपेक्टर पवन खड्काले यो महामारीको बेला स्थापना गरिएको अस्थाई पोष्टका कारण सिमानाबाट आउने मानिसको आवातजावत रोकीने जानकारी दिनु भयो । इन्सपेक्टर खड्काले सिमानामा उच्च सर्तकता अपनाईएकाले सिमा क्षेत्रबाट हुँने जुन सुकै प्रकारका गैरकानुनी कार्य रोकीने बताउनु भयो । उहाले कोरोना संक्रमण रोकीए पछि शसस्त्र प्रहरीको अस्थाई पोष्ट हटने जानकारी दिनु भयो । रोङ गाउँपालिकाका बिभिन्न क्षेत्र भएर भारतबाट आउने क्रम नरोकीए पछि स्थानीय युवाले समेत सिमानामा निगरानी गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?