अर्जुन काफ्ले
स्याङ्जा, चैत्र २७ गते । बिदेशबाट चैत्र २ गते पछाडी नेपाल आएका नागरिकको स्वाब परिक्षण गर्ने सरकारको निर्णय अनुसार स्याङ्जामा धामधम नुमना लिइएको छ । जिल्लामा हाल सम्म ७० जनाको स्वाब परिक्षणको लागि नमुना लिइएको हो ।
स्याङ्जामा फेदिखोला १२ जना, आधिखोला १८ जना, गल्याङ् ११ जना, चापाकोट १६ जना, वालिङ्मा १२ जना र पुतलीबजार नगरपालिका १ जना मा बिदेशबाट आएका नागरिकको नमुना लिइएको स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानाकारी दिनुभयो ।
स्वाब लिएका पुतलीबजारको एक जना भारतबाट चैत्र ७ गते आएको र ज्वरो देखिएपछि नमुना दिएको हो ।
चैत्र २ गते पश्चात लकडाउन हुन भन्दा पहिला स्याङ्जामा पाचँ सय ८२ नेपालीहरु बिभिन्न देशबाट आएकोमा भिटिएमको अभाब हुदाँ पहिलो चरणमा चैत्र ९ र १० गते आउनेको मात्र नमुना दिइएको हो ।
स्वाब परिक्षणको लागि आवश्यक भिटिएम एक सय वटा मात्र स्याङ्जा आएको छ भने प्रदेशमा नहुदाँ समस्या रहेको सबैको टेस्ट गरिने जिल्ला समम्वय समिति प्रमुख सिता कुमारी सुन्दासले बताउनुभयो ।
बिदेशबाट आएका नागरिकको नुमना लिने काम २५ गतेबाट शुरु गरिएको हो भने नमुनाको परिणम भने आएको छ्रैन् ।
धेरै आउदाँ समय लागेको र कसलाई प्राथमिकता दिने भन्दा समय लागेको बताउदै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा मोनी सुबेदीले एक दिन भित्र अहिले सम्म लिएका नमुनाको परिणाम आउने बताउनुभयो । यस अघि बिदेशबाट आएका आठ जनाको नुमना लिइएकोमा सबैको नेगेटिभ आएको थियो ।