सञ्जय कुमार मिश्र
गौर,चैत २७ गते । कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा संक्रमण फैलिन नदिन क्वारेन्टाइनमा रहेका मध्ये १७जना व्यक्तिको स्वाव परीक्षण रिपोर्ट निगेटिभ आएको छ । कोरोना भाइरस महामारीको रुपमा फैलिएकोले संकमण फैलिन नदिन उद्येश्यले रौतहट जिल्लामा शंकास्पद १७जना व्यक्तिको स्वाव परीक्षण निगेटिभ आएको हो ।
१७जना व्यक्तिको स्वाव परीक्षणका लागि संकलन गरिएको मध्ये १७ जना व्यक्तिको रिपोर्ट निगेटिभ आएको जिल्ला प्रसाशन कार्यालय रोतहटका नायब सुब्बा रामनरेश साहले बताउनुभयो ।
सिमावर्ती भारतको बंगलोर ,मुम्बर्इृ ,हरियाणा ,पंजाब दिल्ली लगायत बाह्य मुलुकबाट घर फर्केका लगायत २२९ जना व्यक्तिहरुलाई प्रत्यक्ष निगरानीकालागि क्वारेन्टाइृनमा राखिएको तथा क्वारेन्टाइनमा रहेका ३१ जना व्यक्तिलाई घर फिर्ता गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।
कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि शंकास्पद व्यक्तिलाई राख्नकालागि रौतहटको १८वटै स्थानिय निकायमा ८३६ बेडको क्वारेन्टाइन तथा २५ बेडको आइसुलेशन स्थापना गरिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । यसैबिच ग्रामिण विकास केन्द्र रौतहटले कोभिड १९ रोकथाम तथा नियन्त्रणकालागि पिपिई ४५ सेट तथा ग्लोबज चारसय थान जिल्ला विपद व्यवस्थापन समिति रौतहटलाई हस्तान्तरण गरेको छ ।
आक्सफामको सहयोगमा केन्द्रले उक्त सुरक्षात्मक सामाग्री कोभिड १९ नियन्त्रण तथा रोकथामकालागि सुरक्षात्मक सामाग्री उपलब्ध गराइएको केन्द्रका अध्यक्ष पारस हुसैनले बताउनुभयो ।