logo
२०८१ मंसिर ११ मंगलवार



पालो अनुसार बैंकको सेवा

खुला |


पालो अनुसार बैंकको सेवा


हुम्ला समाचारदाता
सिमकोट, चैत २७ गते । कोरोना संक्रमण त्रासका कारण बन्दाबन्दीका बेला सेवा बन्द गरेका हुम्लाका बैंकहरुले पुनः सेवा दिन थालेका छन् । बन्दाबन्दीका बेला यसअघि राष्ट्रिय बाणिज्य बैंकले मात्र केही समयका लागि सेवा दिदै आएकोमा हुम्लामा स्थापना भएका अन्य बैंकहरुले पनि सेवा दिन थालेका हुन् ।

कर्णाली प्रदेशका जिल्लामा पालो अनुसार बैंक खुला गर्दै आएको साँग्रीला बिकास बैंकले बिहीबार हुम्लामा पालो परेपछि सेवा दिएको छ । बैंकका प्रबन्धक चन्द्रप्रसाद लम्सालका अनुसार बैंक खुला भएपछि सामाजिक दुरी कायम गरी सेवा दिइएको छ । सेवा लिन ४० देखि ५० जना सेवाग्राहीहरु पैसा झिक्न, बाहिर पठाउन र जम्मा गर्ने काम भएको बैंकले जनाएको छ । सो बैंकले ११ बजेदेखि १ बजेसम्म सेवा दिएको थियो ।

त्यसैगरी सिटिजन्स बैंकले पनि निश्चित समयका लागि सेवा प्रदान गर्दै आएको छ । हप्तामा तीन दिन सेवा दिने उक्त बैंकले बिहान ११ बजेबाट दुई बजेसम्म सेवा दिदै आएको छ । बैंक खुल्दाका दिन ४० देखि ५० जनासम्म सेवाग्राही आउने बैंकले जनाएको छ । उक्त बैंकले हुम्लामा स्थापना गरेको एक मात्र एटिएम सेवा पनि खुला राख्ने गरेको छ ।
लकडाउनको पहिलो हप्ता यी बैंकहरु बन्द रहेका थिए । बैंकहरु बन्दा हुँदा सेवाग्राहीलाई निक्कै सास्ती भएको थियो । दैनिक १० बजेबाट १ बजेसम्म सेवा दिँदै आएको राष्ट्रिय बाणिज्यले सेवाग्राहीको सहजताका लागि दुरी कायम गरेर सेवा प्रबाह गरिरहेको जनाएको छ । अन्य बेलाको जस्तो नभएपनि बन्दाबन्दीका बेला पनि दैनिक ३५ देखि ४० जनासम्मले सेवा लिइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?