logo
२०८१ मंसिर ११ मंगलवार



शनिबारबाट म्याग्दीमा ¥यापिट टेष्ट गरिने

खुला |


शनिबारबाट म्याग्दीमा ¥यापिट टेष्ट गरिने


अमृत बास्कुने
म्याग्दी, २८चैत । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि म्याग्दी जिल्लामा शनिबार देखि ¥यापिट टेष्टको तयारी थालिएको छ ।

बागलुङमा दुई जनामा कोरोना संक्रमण पोजेटीभ देखिएपछि सरकारले म्याग्दी, पर्वत र बागलुङमा कोरोनाको ¥यापिड टेष्टको तयारी गरेको थियो । सोही बमोजिम म्याग्दीमा चैत २९ गते शनिबार देखि टेष्टको तयारी गरिएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार पहिलो दिन बेनी नगरपालिका र क्रमशः गाउँपालिकाहरुमा पनि उक्त टेष्ट गरिनेछ । बिहीबार बेलुका ¥यापिड टेष्ट किट आइपुगेकोले शुक्रबार तयारी तथा सम्बन्धीत व्यक्तिहरुलाई सम्पर्क गरी शनिबार बेनी अस्पतालमा टेष्ट गर्न लागिएको लम्सालले बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लामा ६१ जना चैत महिनामा मात्रै नेपाल बाहिरबाट आएका थिए । कुल १ सय ३९ जना बिदेशबाट फागुन पछि आएको भएपनि २१ दिन भन्दा कम समय भएकाहरुको ¥यापिड टेष्ट गरीने बेनी अस्पतालका ल्याब टेक्नीसियन ध्रुव गिरीले बताउनुभयो ।

सुरक्षा कवच(पिपिइ) प्रयोग गरेर स्याम्पल निकाली परीक्षण गर्नु पर्ने भएकाले आफू सुरक्षीत हुँदै उक्त कार्य गर्ने तयारी भएको गिरीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?