logo
२०८१ मंसिर ११ मंगलवार



राहत लिन तीन घण्टा पैदल

खुला |


राहत लिन तीन घण्टा पैदल


गोकर्ण पौडेल
तुलसीपुर चैत २८ गते । उपमहानगर बासी पनि राहत लिन तिन घण्टा पैदल हिडेर आए भन्दा आश्चर्य मान्नुहोला । आश्चर्य मान्नु पर्दैन कोडिभ १९का कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई समस्या परेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले वडा कार्यालयसम्म राहत पठायो तर वडा सरकारले यातायातको अभाव र जोखिम बढ्ने भन्दै वडाबाटै राहत वितरण ग¥यो जसका कारण नागरिकले तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता प¥यो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ भित्री सक्रामको दुम्सीकोट टोल विकास संस्थाका अध्यक्ष सोमराज गौतम राहत पाउने व्यक्तिलाई लिएर वडा कार्यालयमा तीन घण्टा पैदल हिडेर आउनुभयो । अध्यक्ष गौतमले भन्नुभयो ‘तीस केजी चामल,२ केजी दाल, एक लिटर तेल र २ वटा साबुन लिनका लागि एक दिन लाग्यो ’ वडा सरकारसँग टोल विकास संस्थासम्म राहत सामग्री ल्याउने स्रोत साधनको अभाव भए हामी आफै ल्याउछौ भन्दा पनि अध्यक्षले मान्नुभएन ’ ।
यता सम्बन्धित टोल संस्थासम्म राहत पु¥याउँदा भीडभाड बढी हुने र जोखिम बढ्ने हुँदा वडाबाटै राहत वितरण गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडा सदस्य केशर पुनले बताउनुभयो ।

उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख भीमप्रसाद खत्रीका अनुसार हालसम्म ५ हजार घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । उपमहानगरका १९ वडामध्ये ४, ५ र ६ नम्बर वडामा राहत वितरण गर्न बाकी रहेको छ । राहत सामग्रीका लागि वडाबाट दश हजारको घरधुरीको नाम आए पनि पहिलो चरणमा त्यति घरधुरीलाई सामग्री वितरण गर्न नसकिएको प्रमुख भीमप्रसाद खत्रीले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाको ४,७,१३ र १९ नम्बर वडा विकट वडा हुन् ।

उपमहानगरपालिकाले पहिलो चरणमा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने वर्गलाई टोल विकास संस्थाको सिफारिसअनुसार राहत प्रदान गरेको छ । मेयर विपद् कोषमा हालसम्म १३ लाख रकम जम्मा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?