तनहुँ, चैत्र २८ गते । तनहुँमा हाल सम्म एक पुरुष मात्रै क्वारेन्टाइनमा बस्दै आउनु भएको छ । जिल्लाको देवघाट गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बैदेशिक रोजगारबाट फर्किएका एक व्यक्ति क्वारेन्टाइनमा बस्दै आउनुभएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
केहि दिन अघि व्यासनगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा दुबइबाट घर आएका एक पुरुष र महिला गरी दुई जना क्वारेन्टाइनमा बस्नु भएको थियो । उनीहरुलाई क्वारेन्टाइनमा समयअवधि सम्म राखेर स्वास्थ्य परिक्षण गर्दा सामान्य देखिए पछि घर पठाइएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लाको विभिन्न स्थानमा गरी एक सय ७४ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा ४६ शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको । स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामा गरी १० वटा स्थानीय तहमा हालसम्म सङ्कलन गरिएको तथ्याङक अनुसार शुक्रबार सम्म छ सय ९७ जन विभिन्न देशबाट घर फर्किएका भेटिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
उक्त संख्यामा बाह्य देशबाट मानिसहरु भित्रिएपनि क्वारेन्टाइनमा बस्नेको संख्या न्यून रहेको छ । विदेशबाट आएका व्यक्तिहरुलाई सिधै होम क्वारेन्टाइनमा बस्न लगाइएका कारणले पनि सुरक्षित करेन्टाइनमा बस्नेको संख्यामा कमि आएको हो । विदेशबाट घर फर्किएका व्यक्तिहरुलाई संम्बन्धित स्थानीय तहमा स्थापना गरिएका करेण्टाइनमा अनिबार्य रुपमा बस्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो ।
करेन्टाइनमा बस्नेहरुका लागि बिशेष सुरक्षा व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो ‘बिदेशबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा नराखि सिधै सुरक्षित क्वारेन्टाइनमा राख्ने योजना बनाएका छौ ।’ जिल्लामा स्थापना गरिएका जिपी कोइराला मेमोरिएल श्वास प्रश्वास अस्पताल,बन्दिपुर अस्पताल र दमौली अस्पताल लगायतका पाँच स्थानमा आइसोलेसन कक्ष स्थापना गरिएको छ ।