मनोज तिमल्सिना
रौतहट,चैत २९ गते । रौतहटको चन्द्रनिगापुरमा लागुऔषधीको सेवन र कारोबार बढेपछि प्रहरीले कडाई शुरु गरिएको छ । लकडाउनको अबधिमा ग्रमिण भेगबाट चन्द्रपुरको चन्द्रनिगाहपुर,पौराई, जुडिबेला,गौडाटार,भोलनटार सम्म चोरबाटो हुदै लागुऔषध कारोबारी बढेपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले कडाई गरिएको हो ।
गत शुक्रबार मात्र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका वडा नम्बर छ बजार बाट लागुऔषध कारोबारी एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिगत लामो समयदेखि लागुऔषधको कारोबारमा संलग्न रहेको ३५ बर्षिय पवन साहलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताउनुभयो ।
प्रहरी नायव निरीक्षक तुलप्रसाद पुडासैनीको टोलिले नियन्त्रणमा लिएको साहसंग बिभिन्न लागुऔषधजन्य ट्याव्लेटहरु फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पक्राउ परेको साहमाथि थप अनुशन्धान भईरहेको र चन्द्रपुर क्षेत्र भरीका लागुऔषधी कारोबार गर्ने मुख्य गिरोह समेत पक्राउ गर्ने ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शाहीले बताउनुभयो ।
उहाँका अनुसार, रौतहट प्रवेशगर्ने सम्पुर्ण भारतिय नाकाहरु बन्द भए पनि लागुऔषध नरोकिएकोमा रौतहट प्रहरी आपत्ति जनाएको छ । जिल्लाका उत्तरीभेगबाट बिभिन्न चोरबाटो हुदै लागुऔषधको कारोबार बढेको सुचना पाए पछि रौतहट प्रहरी सक्रिय भएको प्रहरी नायव उपरिक्षक शाहीले बताउनुभयो । प्रहरीका अनुसार,रौतहटमा १५ बर्षे स्कुले बिद्यार्थिहरु देखि ४० बर्ष सम्मका मजदुर युवाहरु बढी लागुऔषध दुव्र्यसनमा लागेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।