शिवराज ढुंगाना
अछाम, चैत २९ गते । कोरोनाभाइरसको आशंकामा स्वाब संकलन गरेका मध्येमा एकसय १० जनामा संक्रमण नदेखिएको नतिजा आएको छ । मंगलबार र बुधबार अछामका तीन स्थानमा दुईसय २६ जनाको स्वाब संकलन गरिएकोमा एकसय १६ को नतिजा आउने क्रममा रहेको छ ।
वयलपाटा अस्पताल केन्द्र बनाएर संकलित ५१ जनामा कसैमाकोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्यकार्यालय अछामका प्रमुखझनकराज ढुंगानाले जानकारी दिनुभयो । यस्तै मंगलसेनस्थित जिल्ला अस्पताल र क्वारेन्टाइनमा रहेका ६० जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । जिल्ला अस्पताल, क्वारेन्टाइन र कमबलजार केन्द्रको रिपोर्ट आउने क्रममा रहेको प्रम्ुुख ढुंगानाको भनाइ छ ।
कोरोनाभाइरसको संक्रमणको परीक्षणका लागि स्वास्थ्यमन्त्रालयले खटाएको स्वास्थ्यकर्मीको टोलीले अछामका तीन स्थानबाट दुईसय २६ जनाको स्वाब संकलन गरेर बुधबारफर्केको थियो । अछाममा मंगलसेनस्थित क्वारेन्टाइनमा ६४ जना, जिल्ला अस्पतालमा ५३ जना र वयलपाटा अस्पतालमा ५१ र कमलाजरमा ६८ जनाको स्वाब संकलनगरिएकाथियो । अछाम अस्पताल र वयलपाटा अस्पतालको आइसोलेशनमा रहेका, मंगलसेन र कमलबजारको क्वारेन्टाइनमा राखिएका र होम क्वारेन्टाइनमा बसेकाव्यक्तिको स्वाब संकलनगरिएको थियो । यस्तै कोरोना
भाइरससँग मिल्दो लक्षण भएका व्यक्ति, उपचारकाक्रममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकोसमेत स्वाब संकलन थियो ।
जिल्ला विपत व्यवस्थापन समिति अछामले पछिल्लो समयमा भारतबाट फर्केका व्यक्तिहरुबाट कोरोनाको भाइरस संक्रमणको जोखिममा रहेको विश्लेषण गरिएको छ । रोजगारीको क्रममा भारतमा रहेका चारहजार भन्दा बढी व्यक्ति घर फर्केका छन् ।
।