logo
२०८१ मंसिर ११ मंगलवार



कोरोना भाइरसबाट स्याङ्जा अहिलेसम्म सुरक्षित

खुला |


कोरोना भाइरसबाट स्याङ्जा अहिलेसम्म सुरक्षित


अर्जुन काफ्ले 
स्याङ्जा, चैत्र २९ गते । बिश्व नै कोरोना भाइरसका कारण समस्यामा रहदाँ स्याङ्जा जिल्ला भने अहिलेसम्म सुरक्षित देखिएको छ । स्याङ्जामा एक ६६ जनाको स्वाब परिक्षण गरीएकोमा सबैको नजिता नेगेटिभ आएको हो ।

जिल्लाका चैत्र २ गते यता कतार एयरलाइन्स, अरेबियन एयरलाइन्स सहित विदेशबाट आएकाहरु र परिवारका साथै कोरोना भाइरसको आशंका गरिएकाहरु कुल एक सय ६६ जनाको स्वाब परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।

जिल्लाबाट कुल ९८ जनाको स्वाब नमुना संकलन गरी ्पोखरामा परिक्षण गरिएको हो भने भीरकोटका ४० र विरुवाका २८ जनाको ¥यापिड डाग्नोस्टिक टेष्ट प्रबिधीद्धारा परिक्षण गरिएको कुरुङबाङले बताउनुभयो । यहाँ फेदिखोला १२ जना, आधिखोला १८ जना, गल्याङ् ११ जना, चापाकोट १६ जना, वालिङ् १२ जना, पुतलीबजार एक जना, कालीगण्डकी गाउँपालिका २० जनाको नमुना पोखरामा टेष्ट गरिएको हो भने ६८ जनाको ¥यापिड परिक्षण गरिएको हो ।

यसअघि कतार एयरलाइन्समा आएका दुई सहित परिवार र अरेबियन एयरलाइन्समा संक्रमिथ सगै आएका र भारतबाट आएका गरी आठ जनाको स्वाब परिक्षण नेगेटिभ आएको थियो ।
स्वाब परिक्षणको लागि आवश्क भिटिएम कम आएपछि यहाँ ¥यापिड परिक्षण गरिएको कुरुङबाङले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमित नभेटिएपनि सावधानी भने अपनाउन पर्ने जिल्ला समन्य समिति प्रमुख सिता कुमारी सुन्दासले बताउनुभयो ।  बिदेशबाट आएका र परिवार सहित छ सय २४ जनाको कोरोना परिक्षण गर्नुपर्ने देखिएकोमा बाकी सबैको ¥यापिड टेष्ट गरिने सुन्दासले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?