देवराम प्रसाद यादव
सप्तरी चैत २९ गते । सप्तरीमा लकडाउन जारी रहेपनि लागूऔषको अबैध कारोबार तीब्र रुपमा बढि रहेको छ ।
भारतबाट नेपाल ल्याउँदै गरेका अवस्थमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ हाटीबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।
यसरी पक्राउ पर्नेमा जिल्लाकै विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय जोगिन्द्र यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।
उहाँले को ४ प ४३६८ नम्वरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको गस्ती प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा उहाँको साथबाट लागूऔषध नित्रभेत ट्याबलेट १५ पिस, निट्रोसन ट्याबलेट १० पिस र स्पासमो प्रोएक शोभन पलस १० पिस रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनु भएको छ । पक्राउ परेका विरुद्ध थप अनुसंधान भईरहेको प्रवक्ता भारतीले बताउनु भयो ।