कृष्ण तिवारी
रौतहट, चैत्र ३० गते । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ं) फैलिन नदिन तथा यसको रोकथामका लागि सरकारले गरेको लकडाउनले अति विपन्न परिवारको जिवन कष्टकर बनेपछि रौतहटको माधवनारायण नगरपालिकाले पनि राहत बाँड्न शुरु गरेको हो ।
माधवनारायण नगरपालिकामा नौ वटा वडा रहेको छ । वडा नं ९ गढोबाट राहत वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । गढोमा शनिवार १२५ परिवारलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ लिटर खाने तेल र १ किलो नुनको दरले राहत वितरण गरिएको नगर प्रमुख विरेन्द्र यादवले जानकारी दिनुभयो ।
नगरभरीका ३१ सय ७ गरिव, असाहय परिवारलाई राहत बाँडने नगर प्रमुख यादवले बताउनुभयो । कोरोनाबाट बच्न यस अघि नै नगरपालिकाले नगरभर ३५ हजार मास्क, २० हजार साबुन र सेनिटाईजर वितरण गरिसकेको छ ।
त्यस्तै मच्छर र माच्छी मार्न अहिले नगरका प्रत्येक वडामा किटनाश्क औषधी पनि पठाई सकेको र औषधी छर्ने काम पनि जारी रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै जिल्लाको गौर, परोहा र इशनाथ नगरपालिकाले राहत वितरण गरेसकेको छ भन्ने देवाही गोनाही, वृन्दावन, गढिमाई लगाएतका स्थानीय तहमा अहिले राहत वितरण जारी रहेको छ ।